रौतहटमा दिपावलीको दियोबाट ६ ठाउँमा आगलागी
रौतहट– दिपावलीका लागि बालिएको दियोबाट रौतहटको ६ स्थानमा आगलागी भएको छ । त्यस्तै करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घटनामा लाखौंको क्षति भएको छ ।
गुजरा नगरपालिका ९ सिम्राभवानीपुरका छठु ठाकुरको दुईतले काठको घरमा भएको आगलागीमा अन्नपात र लताकपडा गरी दुई लाख रुपैयाँ बराबरको क्षति भएको रौतहटका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।
त्यस्तै बौधीमाई नगरपालिका वडानम्बर ६ का बिन्दाराय यादवको घर आगलागी हुँदा २ लाख, वडानम्बर ४ का लखिन्दर यादवको गोठ आगलागी हुँदा ४० हजार बराबर क्षति भएको छ ।
उता मौलापुर नपा १ का बसन्त बैठाको कच्ची घरमा आगलागी हुँदा १ लाख ४० हजार, वडानम्बर ६ का हरेन्द्र महराको गोठ आलगागी हुँदा ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
आइतबारै दुर्गाभगवती गापा ५ का लखिचन्द साहको ५० हजार नगद तथा ४० हजार बराबरका कपडा जलेका छन् ।
उता दिवालीमा वत्ति बाल्न बिद्युत जडान गर्ने क्रममा कटहरिया नपा १ का छठु महराका १८ बर्षीय छोरा हरिकिशोर महराको करेन्ट लागेर ज्यान गएको छ । चन्द्रपुर ६ स्थित आफन्तको घरमा बिद्युतको स्वीच जोडने क्रममा आईतवार महरालाई करेन्ट लागेको हो ।
उनको तत्कालै उपचारका लागी चन्द्रपुर अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी कबित कटुवालले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वकिल कार्यालय फौजदारी न्याय प्रणालीको मेरुदण्ड हो : प्रधानन्यायाधीश राउत
-
दुई पालिकाका १२ नम्बर वडाका दुई जना वडाध्यक्ष एकैदिन पक्राउ !
-
फूलचोकीको जंगलमा हराएका १३ जना सम्पर्कमा
-
१० बजे १० समाचार : डीपी बने रास्वपाको कार्यवाहक सभापति, रविको सांसद पद निलम्बित
-
विराटनगर- १२ का वडाअध्यक्ष कामत पक्राउ
-
प्रगति विवरण पेस गर्न खानेपानी मन्त्री यादवद्वारा निर्देशन