शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ग्रनाडा ला लिगाको शीर्ष स्थानमा

सोमबार, ११ कात्तिक २०७६, १० : १०
सोमबार, ११ कात्तिक २०७६

एजेन्सी । रियल बेटिसलाई हराउँदै ग्रनाडा स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ ।

एल क्लासिको स्थगित भएको फाइदा उठाउँदै १० खेलबाट २० अंक बटुलेर ग्रनाडा लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो ।

खेलमा अल्भारो भाडिलोले गरेको एक मात्र गोल निर्णायक बन्यो ।

जीतसँगै एक खेल कम खेलेको बार्सिलोना तथा एथ्लेटिको म्याड्रिड, सेल्टा भिगो र सेभियाभन्दा ग्रनाडाले १ अंकको अग्रता बनाएको हो ।

मंगलबार रियल भालाडोलिडलाई हराए बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लनेछ ।

आइतबार भएका अन्य खेलमा सेभियाले गेटाफेलाई २–० ले हरायो भने भ्यालेन्सिया ओसासुनासँग ३–१ ले स्तब्ध बन्यो ।

एस्पानियोलले लेभान्ते तथा रियल सोसिडाडले सेल्टाभिगोलाई समान १–० अन्तरले हरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप