बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रज्ञा भवन कमलादीमा ‘सी जिनपिङ’ ले ‘प्रधानमन्त्री ओली’लाई रेल दिएपछि...

आइतबार, १० कात्तिक २०७६, २२ : १६
आइतबार, १० कात्तिक २०७६

प्रज्ञा भवन कमलादीको मञ्चमा व्यङ्गात्मक देउसी भैलो चलिरहेको थियो । देउसी भैलोको बीचमा अचानक उद्घोषकले चिनियाँ राष्टपति सी जिनपिङ आउने उद्घोष गरे ।

लगत्तै दर्शकदीर्घामा चिनियाँ भाषामा निहाउ भन्दै वरीपरी सहयोगीहरु सहित चिनियाँ अनुहारका व्यक्ति निस्किए । दर्शकदीर्घामै रहेका विशिष्ट ब्यक्तिहरुसँग हात मिलाउदै उनी स्टेजमा आएर तीनकुनेको दुबो चोरी भएको कुरा गर्न थाले । उनले चीनले कमसल सामान बनाउने आरोप लगाउने गरेपनि नेपालले कमसल बगैँचा बनाएको भन्दै व्यङ्ग्य गरे । उनले त्यहाँ रोपिएको दुबोको चकटी चोरिएको प्रति व्यङ्ग्य गर्दै आफूलाई सो बगैचा घुमाउन आग्रह गरे ।

उनले भने, ‘मेड इन नेपाल, आज रोप्यो भोली खुइलियो कपाल, चीनका एटिम चोरहरुले नेपाली दुबो चोरबाट धेरै कुरा सिक्न सक्छन् ।’

उनले केहि नेपाली र चिनियाँ लवजमा व्यङ्ग्यात्मक रुपमा बोल्दै थिए भने एकजना नेपाली अनुुवादक पनि राखिएको थियो ।

नक्कली सीले नेकपाको अर्थ जे पनि कपाकप खाने केही काम नगर्ने, कंग्रेस कम रेस भएको पार्टी भन्दै व्यङ्ग्य गरे । 

उनले दोभासेमार्फत् जता बज्छ मादल (भारत र चीन) त्यतै नदर्गुन पनि दोभासेमार्फत आग्रह गरे ।

उनले एउटा चिनियाँ भाँडामा नेपाललाई दिन भनेर उपहार ल्याएका थिए । उनले उपहार जस्लाई पायो त्यसलाई दिँदा खाइदिन्छन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोलाए ।

उनले बोलाउने बित्तिकै स्टेजमा देखा परे नक्कली केपी ओली ।

ती नक्कली केपी ओली थिए सीताराम कटटेल धुर्मुस र नक्कली सी जिनपिङ बनेका थिए अर्का कलाकार मनोज गजुरेल ।

स्टेजमा आएका नक्कली ओलीले भने, ‘अस्ति हाम्रा एक साथीले ३ पटकसम्म महामहिम राजदूत भने छन्, रिसाएर आएछन् कि ।’

नक्कली सी जिपिंगले खेलौना सुरुङमार्ग दिँदै सुरुङ सुकुम्बासी बस्ने, केटा केटी डेटिङ जाने ठाउँ बन्छ कि भनेर चिन्ता लागेको बताए ।

ओलीले पोखरालाई रेडलाइड एरिया बनाउने, अरु लभ पार्क खोल्ने बताए । उनले चीनले दिएको सुरुङमार्गलाई बासबारी छाला जुत्ता कारखाना जस्तै संरक्षण गर्ने बताए ।

फेरी नक्कली सीले खेलौना मेट्रो रेल दिँदै कर्मचारीले सो रेलमा डिजेल पेटोल केही नलाग्ने भएपनि कर्मचारीले कमिसन खान नपाउने भएपछि बन्द गरिदेलान् कि भनेर चिन्ता ब्यक्त गरे ।

नक्कली ओलीले चिन्ता नमान्न आग्रह गर्दै टर्ली बस, हिमाल सिमेन्ट, हरिसिद्धी इटा टायल कारखाना र जनकपुर चुरोट कारखाना जस्तै संरक्षण गर्ने बताए । उनले यसरी संरक्षण गर्न दलहरुबीच कहिल्यै बिमती नहुने समेत बताए । 

दर्शकदीर्घमा थिए प्रधानमन्त्री केपी शर्मा ओली, उनकी पत्नि राधिका शाक्य, पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधिस चोलेन्द्र शम्शेर दम्पति, नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल लगायका मन्त्रीहरु, सांसदहरु ।

कार्यक्रमको अन्त्यमा बोलेका प्रधानमन्त्री ओलीले कलाकार केही नगरेको केही नभएको भनेर व्यङ्ग्य गरेजस्तो नभएको दावी गरे । सरकारले काम गरिरहेको उनको दावी थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप