मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

यी ७ सेलिब्रेटी जसले दिन्छन् दीपावलीमा भव्य पार्टी

आइतबार, १० कात्तिक २०७६, १७ : ५९
आइतबार, १० कात्तिक २०७६

मुम्बई– हरेक बर्षझै बलिउड सेलिब्रेटी दीपावली आ–आफ्नो तरिकाले सेलिब्रेसन गर्ने गर्दछन् । केही सेलिब्रेटी दीपावलीमा ठुलठुला पार्टी समेत राख्ने गरेका छन् । जसमा नजिकका मित्र र कलाकार भेला भएर मस्ती गर्ने गर्दछन् । बलिउडमा केही यस्ता सेलिब्रेटी छन् । जसको दीपावली उत्सव फ्यानका लागि सधै प्रतिक्षाको बिषय रहने गरेको छ । यी हुन् भब्य दीपावलीमा पार्टी दिने ७ सेलिब्रेटी ।]

अमिताभ बच्चनः
अभिनेता अमिताभको घरमा हरेक बर्ष दीपावली पार्टी हुने गर्दछ । गतबर्ष केही पारिवारिक मुद्दाका कारण पार्टी हुन सकेन । तर यस बर्ष दीपावली पार्टीको योजना बनेको छ ।]

शाहरुख खान :
शाहरुख खान र उनकी पत्नी गौरी हरेक बर्ष दीपावली पार्टी गर्ने गर्दछन् । जसमा कलाकारको बाक्लो उपस्थिति रहन्छ । 

अनिल कपुर :

सदाबहार स्टार हुन् अनिल कपुर । उनी पनि हरेक बर्ष दीपावलीको अवसरमा सानदार पार्टी दिने गर्दछन् । उनको पार्टीका बलिउडका हस्तीहरु सहभागी हुन्छन् ।

राज कुन्द्र र शिल्पा :

राज र शिल्पा बलिउडका ती जोडी मध्ये एक हुन् । जसले दीपावलीको अवसरमा घरमा सबैका लागि भब्य पार्टी दिने गर्दछन् ।

करण जौहर:

फिल्म निर्माता निर्देशक करण जौहर पनि हरेक दीपावलीमा भब्य पार्टी दिने सेलिब्रेटीमा पर्दछन् । 

अर्पित खान शर्मा :

अर्पित खान शर्मा र उनका श्रीमान् आयुष शर्मा पनि हरेक बर्ष भब्य दीपावली पाटी दिने गर्दछन् ।

एकता कपुर : 
एकता कपुले पनि हरेक बष्र्नाको दीपावलीमा सानदार पाटी दिँदै आएकी छन् । उनको पार्टीका सेलिब्रेटी देखि नजिकका आफन्त सहभागी हुने गर्दछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप