देवकोटा जयन्ती: साहित्यकार र पत्रकार सम्मानित
![देवकोटा जयन्ती: साहित्यकार र पत्रकार सम्मानित](https://rpcdn.ratopati.com/media/albums/laxmi_prasad_devkota_EVlctZIwG9.jpg)
काठमाडौं– महाकवि लक्ष्मीप्रसाद देवकोटाको १११ औँ जन्मजयन्तीका अवसरमा विश्व सञ्चार नेपालले आज नेपाली साहित्य र पत्रकारिताका चार व्यक्तित्वलाई सम्मान गरेको छ । संस्थाले समकालीन नेपाली छन्द कविताका त्रिनेत्र सम्मानबाट स्रष्टात्रय डा.रामप्रसाद ज्ञवाली, डा.देवी नेपाल र प्रभा भट्टराई तथा शिक्षा पत्रकारिता सम्मानबाट राससका प्रकाश सिलवाललाई सम्मान गरेको हो ।
कपन साहित्य समाजमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव प्रा जगतप्रसाद उपाध्याय ‘प्रेक्षित’ ले सम्मान प्रदान गर्दै उनीहरुले आफ्ना क्षेत्रमा दिनुभएको योगदानको प्रशंसा गरे । उनले भाषा, साहित्यको उन्नयनमा चुनौती पैदा भएको स्थितिमा देवकोटाका कृतिहरु नयाँ पुस्ताले अध्ययन गर्नुपर्ने बताए ।
ज्ञान ध्यान केन्द्र नेपालको सहयोगमा सञ्चालित ज्ञान ध्यान छात्रवृत्तिबाट कविता प्रतियोगितामा विजेता हुनेहरु रेजिना शर्मा, डोमा तामाङ र स्वीकृति पौडेललाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार राशिको छात्रवृत्ति प्रदान गरियो ।
सो सञ्चार प्रालिले आजैदेखि शैक्षिक आँखा डटकम डिजिटल पत्रिकाको समेत शुभारम्भ गरेको छ । संस्थाका प्रबन्ध निर्देशक अन्तरिक्ष अधिकारीले शैक्षिक विकृति र विसङ्गतिलाई चिरफार गरी शैक्षिक अवस्था सुधार्न अनलाइन सञ्चालन गरिएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)