पुलिसिकको ह्याट्रिकमा चेल्सी विजयी

अमेरिकी स्टार क्रिस्टियन पुलिसिकले ह्याट्रिक पूरा गरेसँगै इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बर्नलीलाई उसैको मैदानमा ४–२ गोलले हराएको छ । शनिबार राति भएको खेलमा चेल्सीलाई जिताउन पुलिसिकले २१औं मिनेटमा खाता खोले । पुलिसिकले ४५औं मिनेटमा दोस्रो गोल गरे । ५६औं मिनेटमा मेसन माउन्टको क्रसलाई हेडगोल गर्दै पुलिसिकले करीयरको पहिलो ह्याट्रिक पूरा गरेका थिए ।
पुलिसिक चेल्सीका लागि कम उमेरमा ह्याट्रिक गर्ने खेलाडी समेत बने । उनले २१ वर्ष ३८ दिनको उमेरमा ह्याट्रिक गरेका हुन् । चेल्सीका लागि अकोै गोल विलियनले गरे । विलियनले ५८औं मिनेटमा गोल गरेका थिए । बर्नलीका लागि जय रोड्रीगवीजले ८६औं र डीवेट म्याकनेलले ८९औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै चेल्सी अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले १० खेलबाट २० अंक बनाएको छ । बर्नली १२ अंकसहित ११औं स्थानमा छ । प्रिमियर लिगकै अर्को खेलमा ब्राइटोनले एभर्टनलाई ३–२ गोलले हराएको छ । वेस्टहाम युनाइटेड र सेफिल्ड युनाइटेडले १–१ तथा वाटफोर्ड र बर्नमाउथले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसकारण आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
९ महिनाको पुँजीगत खर्च ३७.५ प्रतिशत
-
७ दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट