पाल्पामा साढे पाँच लाख सहित १३ जुवाडे पक्राउ
आइतबार, १० कात्तिक २०७६, १२ : २६

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले आज एक घरमा जुवा खेलिरहेका १३ जनालाई झण्डै साढे पाँच लाख रकम सहित पक्राउ गरेको छ ।
रिप्दीकोट गाउँपालिका–७ दभाकाको एक घरमा जुवा खेलिरहेका १३ जनालाई ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ सहित पक्राउ गरिएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपेन्द्र जिसीले जानकारी दिए ।
उनले ती १३ जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको बताए ।