कुकुर तिहार : प्रहरी तालिम केन्द्रमा कुकुरहरुको कौशल प्रदर्शनदेखि पूजासम्म
काठमाडौँ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आइतबार कुकर तिहार तथा लक्ष्मीपूजा । यसवर्ष तिथिको घटबडका कारण कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको हो ।
हिन्दु परम्परा अनुसार कात्र्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहानरुपमा कुकुरको पुजा गर्ने गरिन्छ । मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहिआएको हो ।
यसै अवसरमा नेपाल प्रहरीले महाराजगन्जस्थित केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलमा विशेष कार्यक्रम आयोजना गरी कुकुर पूजा गरेको छ । नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरुको पूजा गरेको हो ।
केन्द्रिय प्रहरी तालिम स्कुलबाट तालिम प्राप्त कुकुरहरुलाई अपराध अनुसन्धानको कार्यमा परिचालन गर्ने गरिन्छ । नेपाल प्रहरीले अपराध अनुसन्धानका लागि कुकुरहरुलाई तालिम दिने गर्दछ ।
हेरौँ तस्विर :
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : एमाले बैठकमा ज्ञानेन्द्र र प्रचण्डको चर्चा, भारतमा दुर्गा प्रसाईंले क–कसलाई भेटे ?
-
ठूला परियोजना सञ्चालनको तयारीमा छौँ : अध्यक्ष ढकाल
-
नयाँ वर्षको पहिलो दिन जाजरकोटमा भूकम्प
-
सुनसरीमा गोली चलाउने व्यक्तिको पहिचान खुल्यो
-
बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट
-
नयाँ वर्षमा आन्तरिक र बाह्र पर्यटकले भरियो सैलुङ (तस्बिरहरू)