बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

ला लिगाको अंक तालिकामा एट्लेटिकोले बार्सिलोनालाई भेट्टायो

आइतबार, १० कात्तिक २०७६, ११ : ०९
आइतबार, १० कात्तिक २०७६

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी गरेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा एट्लेटिको एथ्लेटिक बिल्बाओलाई २–० गोलले हरायो ।

यो जितसँगै १० खेल सकेको एट्लेटिकोले शीर्ष स्थानमा रहेको बार्सिलोनासँगै समान १९ अंक बनाएको छ । एट्लेटिको गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ । एट्लेटिकोले रियल म्याड्रिडलाई भने पछि पारेको छ ।
तेस्रो स्थानमा रहेको रियलको १८ अंक छ । यद्यपि बार्सिलोना र रियलले एट्लेटिकोको तुलनामा एक खेल कम खेलेका छन् । 

घरेलु मैदानमा एट्लेटिकोकोलाई जिताउन २८औं मिनेटमा साउल निगुएजले पहिलो गोल गरे । ६४औं मिनेटमा अल्भारो मोराटाले गोल गर्दै एट्लेटिकाको अग्रता दोब्बर बनाए । एट्लेटिकोसँग हारेको बिल्बाओ १३ अंकसहित १०औं स्थानमा छ । 

लिगको अर्को खेलमा रियल भालाडोलिडले इबरलाई २–० र लेगानेसले मालोर्कालाई १–० गोलले पराजित गरेको छ । जितसँगै १४ अंक बनाएको भालाडोलिड आठौं स्थानमा छ । नौ अंक बनाएको इबर १६औं स्थानमा छ । पहिलो जित निकालेको लेगानेस पाँच अंकसहित रेलिगेसनको मारमा छ । १० अंक बनाएको मालोर्का १५औं स्थानमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप