सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् क्यासिनो किङ ‘बले’ सहित समातिएका २५ जुवाडे

आइतबार, १० कात्तिक २०७६, ०९ : २७
आइतबार, १० कात्तिक २०७६

काठमाडौँ । काठमाडौँको जुवाखालबाट क्यासिनो किङ्ग भनेर चिनिने बलराम सापकोटा ‘बले’ सहित २५ जना जुवाडे पक्राउ परेका छन् ।

महानगरीय प्रहरी बृत्त महराजगञ्जबाट डिएस्पीको कमाण्डमा खटिएको टोलीले होटल साम्लाको पछाडी रहेको बिक्रम गौतमको घरमा छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ करोड ६७ लाख नगद, ३ लाखबाराबरको चेक तथा केही ब्ल्याङ्क चेकहरु समेत प्रहरीले बरामद गरेको छ ।

सापकोटा जुवामा लगानी गर्ने र मोटो ब्याज लिने व्यक्ति हुन् । 

पक्राउ पर्ने मानिसहरु :

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३ बस्ने विक्रम गौतम । (मिनि क्यासिनो संचालक घरधनी )

जिल्ला दोलखा भिमेश्वर नगरपालिका वडा नंं. ५ बस्ने राम कृष्ण के.सी. ।

दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं. ५ बस्ने ईन्द्र श्रेष्ठ ।

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १५ स्यम्भु बस्ने रञ्जन राजबंशी ।

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ३५ बस्ने श्याम प्रसाद पराजुली ।

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २६ बस्ने अशोक श्रेष्ठ ।

काठमाण्डौ जिल्ला बुढानिलकण्ठ नगरपालिाका वडा नं. ११ बस्ने सिताराम खड्का ।

जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ११ बस्ने रोशन तामाङ्ग ।

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. २९ बस्ने राम तामाङ्ग ।

काठमाण्डौ जिल्ला गोकर्णेश्वर नगरपालिाका वडा नं. ६ बस्ने कृष्ण भण्डारी ।

काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. ६ बस्ने सुमन अग्रवाल ।

जिल्ला ओखलढुङ्गा पाप्ले वडा नं. ३ घर भई बस्ने सुमन गुरुङ्ग ।

जिल्ला रौतहट चन्द्रनिगापुर नगरपालिका वडा नं. ३ घर भई बस्ने सोवित शिलवाल ।

जिल्ला ललितपुर पुल्चोक नगरपालिका वडा नं. २० बस्ने सोहेल कार्की ।

काठमाण्डौ जिल्ला काठमाडांै महानगरपालिका वडा नं. ९ बस्ने पवन अग्रवाल ।

जिल्ला रामेछाप बागमती भण्डारी नगरपालिाका वडा नं. ३ बस्ने पवित्र कुमार कार्की ।

जिल्ला काभ्रेपलान्चोक बाल्टिङ गाँउपालिका वडा नं. ४ बस्ने बलराम सापकोटा ।

जिल्ला काभ्रेपलान्चोक नमोबुद्ध नगरपालिका वडा नं. ९ बस्ने धावा लामा ।
 

 पक्राउ परेकाहरुलाई प्रहरी बृत्त महाराजगन्जमा राखेर अनुसन्धान भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप