केन्द्रीय संस्करण
सन्दर्भ : कुकुर तिहार

३० हजार वर्ष पुरानो कुकुर र मान्छेको नाता

‘अनवेलकम्ब्ड गेस्ट’को रुपमा जुठेल्नोको जुठोपुरो खाँदै आरम्भ भएको यो यात्रामा कुकुर हामीले पुज्ने स्वरुपसम्म पुगेको छ

person explore access_timeकात्तिक १०, २०७६ chat_bubble_outline0

 

‘कुत्ते कमिने मै तेरा खुन पिजाउँगा’ धर्मेन्द्रको यो गर्जनले भारतमा तीन वर्षसम्म कुकुर खोरबाट वाहिर निस्केनन रे ! कुकुरसँग जोडिएको एउटा रमाइलो ठट्टा हो यो । यस्ता ठट्टाको लामो फेहरिस्त तपाईं थप्न सक्नुहुन्छ ।

कुकुरलाई लिएर हाम्रा ठट्टा, गाली, ताली, उखान, लोक÷नीति कथा गनिसाध्य छैनन । थुप्रै भावुक कथा, उपन्यास, फिल्महरु लेखिएका र बनेका छन् कुकुरका बारेमा । मानिससँग सबैभन्दा लामो समयदेखि साथ रहेको प्राणी भएकोले गर्दा पनि होला धर्म संस्कृति लगायत हाम्रो आमदैनिकीमा  कुकुर जोडिएर आएको । जो छेउमा छ, जोसंग दिनरात उठबस छ, उसैको आनीबानी र स्वभाव नै त हाम्रो सामूहिक चेतनमा विविध बिम्ब बनेर आउने हो । खोतल्दै जाँदा फेला पर्छः मान्छे र कुकुरको यो सम्बन्धको कथा ३० हजार वर्ष अगाडिबाट आरम्भ भएको हो, जुनबेला मान्छे  सिकार खेल्दै फिरन्ते जीवन बाँच्थ्यो ।

*******

मान्छेको  सिकारी प्रतिस्पर्धी कम थिएनन् । त्यसमध्ये एक थियो जंगली ब्वाँसो । यी ताक पर्दा एक अर्काकै शिकार गर्थे । यही ब्वाँसो नै अहिले हाम्रो परिवारको अभिन्न सदस्य बनिसकेको छ । अर्थात नवपाषाण युगको त्यही ब्वाँसो नै मान्छेले ‘डोमेस्टिकेट’ गरेको कुकुर हो । ब्वाँसोबाट कुकुरसम्मको यो अपत्यारिलो यात्रा कम रोचक छैन ।

*******

तर त्यसबेला कुकुर अहिले जस्ता विविध आकार, स्वरुप, रंग, ढंगका थिएनन । ती भुक्दैन थिए । मालिक देख्दा खुसी भएर पुच्छर हल्लाउँदै थिए । काखमा लुटपुटिदैन थिए । किनभने त्यसबेलासम्म हामीले अहिले देखिरहेको कुकुरको स्वरुप नै अस्तित्वमा थिएन । यो नवपाषाण युगको समय थियो । मान्छे शिकारका लागि समूहमा यता उता भौतारिन्थे । मान्छेको  सिकारी प्रतिस्पर्धी कम थिएनन् । त्यसमध्ये एक थियो जंगली ब्वाँसो । यी ताक पर्दा एक अर्काकै शिकार गर्थे । यही ब्वाँसो नै अहिले हाम्रो परिवारको अभिन्न सदस्य बनिसकेको छ । अर्थात नवपाषाण युगको त्यही ब्वाँसो नै मान्छेले ‘डोमेस्टिकेट’ गरेको कुकुर हो । ब्वाँसोबाट कुकुरसम्मको यो अपत्यारिलो यात्रा कम रोचक छैन ।

ब्वाँसोबाट कुकुर सम्मको उदविकासको यो यात्रामा मान्छेले जानेर÷नजानेर ‘इभोलुसनरी फोसर्’ को रुपमा जुन भूमिका खेल्यो, त्यो अद्वितीय हो । मान्छेले आफूले चाहेको निश्चित गुण र स्वभाव अनुरुपका बालीनाली वा पशुपंक्षीको विउ छानेर तिनैको वंश विस्तार गर्ने प्रक्रियालाई हामी ‘सेलेक्टिभ ब्रिडिङ’  भन्छौँ । यसमा हामी आफूले चाहेको र आफूलाई फाइदा हुने गुण भएको माउ छान्छौ र प्रजनन गराँउछौँ । बाबुआमाको गुण सन्तानमा सर्ने यो प्राकृतिक नियमको मान्छेले धेरै अगाडिदेखि प्रयोग गर्दै आएको छ । सेलेक्टिभ ब्रिडिङको यही प्रक्रियामार्फत लामो समय र केही पुस्ताको अन्तरालमा हामीले आफूले चाहेको गुण तथा स्वाभावको अन्नपात तथा पशुपंक्षीको विकास गर्छौं । डार्बिनले आफ्नो चर्चित पुस्तक ‘ओरिजिन अफ स्पेसिस’मा यस्तै डोमेस्टिकेशनको लामो चर्चा गरेका छन् । उनले हाम्रो वरिपरिकै र हामीले अभ्यास गर्दै आएको उदाहरणबाट प्राणीको उदविकास तथा प्रजातिकरण कसरी हुन्छ भन्ने देखाउन खोजेका हुन् । फ्याउरोबाट कुकुर जस्तै जंगली प्रजातिका अन्य पंक्षी तथा अन्नपातबाट हामीले कसरी लामो समयको अन्तरालमा तिनमा आफूले चाहेको गुण र स्वाभाव विकास गरायौँ भन्ने देखाएका छन् । उनले यसलाई कृतिम छनौट भन्छन् । अर्थात मान्छेले आफूले चाहेको गुणको नियन्त्रित र पूर्वानुमानित छनौट । उता प्रकृतिमा चाहिँ प्रकृति आफैँले यो छनौटको काम गर्छ जसलाई उनी प्राकृतिक छनौट भन्छन् । प्राणी उदविकास र प्रजातिकरणको ‘डार्बिनियन मेकानिजम’ यही हो ।

यहाँ ब्वासोको कुकुरसम्म उदविकासको संयन्त्र (मेकानिजम) चाहिँ मान्छेले ‘सेलेक्टिभ ब्रिडिङ’ मार्फत गरेको कृतिम छनौट ।

कुकुर क्यानिडे परिवारभित्रको प्राणी हो ।  फ्याउरो, स्याल, ब्वाँसो आदि यो परिवारभित्र पर्छन् । गतिशील र चलायमान जीवनशैली यो परिवारभित्रको बिशिष्ट स्वभाव हो ।  छोटो समयमा यिनले लामो यात्रा तय गर्न सक्छन् । ब्वाँसोले आफ्नो शिकारलाई लामो दुरीसम्म लखेटेर थकाउँछ र बल्ल झम्टन्छ । अझ सामूहिक साझेदारी ब्वाँसोको शक्ति हो । यसको यही सामूहिक सहकार्यको कारण कुनैबेला पृथ्वीमा यो समूह सबैभन्दा ठूलो माँसाहारी स्तनधारी मध्ये एक थियो ।  तर १५ देखि ३० हजार वर्ष भित्रको छोटो समयमा मान्छेको साथ÷संगत र उसको सेलेक्टिभ ब्रिडिङ मार्फत ४ करोड वर्षमा पनि प्राकृतिक छनौटले गर्न नसकेको उथलपुथल कुकरको उदविकासमा भएको छ ।

*******

१५ देखि ३० हजार वर्ष भित्रको छोटो समयमा मान्छेको साथ÷संगत र उसको सेलेक्टिभ ब्रिडिङमार्फत ४ करोड वर्षमा पनि प्राकृतिक छनौटले गर्न नसकेको उथलपुथल कुकरको उदविकासमा भएको छ ।

*******

ब्वाँसोबाट कुकुर सम्मको यात्रामा हामीले यसको शारीरिक अवयव देखि स्वाभावसम्ममा अकल्पनिय परिवर्तन गराएका छौँ । भुत्लाको रंग र गुणदेखि अस्थिपञ्जरसम्ममा सयौँ विविधता यो छोटो अबधिमा ल्याउन सकिएको छ ।

शरीर मात्रै हैन, व्यवहारमा पनि उस्तै नाटकीय उदविकास भएको छ । उनीहरु मान्छेको आशय, आदेश, नियत मन समेत पढन सक्छन् । त्यति मात्रै हैन, केही परिस्थितिहरुमा उनीहरुले देखाउने संवेदना प्राणी जगतमा कुकुरको विशिष्ट छ । मान्छेको नजिकको नातेदार चिम्पान्जीभन्दा अझ मिहीनसंग कुकुरले मानवीय मनोविज्ञान खुट्याउन सक्छन् । अझ यो स्वभाव उदविकासको मात्रा बोध गर्न अझै जंगलमा रहेको ब्वाँसो र कुकुरको आनिबानीसंग तुलना गर्नुपर्छ ।

अन्य प्राणी उदविकास ऐतिहासिक प्रक्रिया हो । प्राकृतिक छनौटले करोडौं वर्ष लगाएर प्राणीहरुमा सामान्य वा जटिल गुणात्मक परिवर्तन गराँउछ । यो लामो समयक्रम मान्छेको बोधगम्यता बाहिरको विषय हो । यो हाम्रो मष्तिस्कको सीमा हो । मान्छेको औसत जीवनकालको समयभन्दा केही तलमाथि  मात्रैको समयसीमा बुझ्न सक्ने गरी मात्रै हाम्रो मष्तिस्कको उदविकास भएको छ ।  त्यसैले उदविकासको सिद्धान्त पत्याउन र पचाउन गाह्रो हुन्छ । तर ‘डोमेस्टिकेसन’ का केही उदाहरणहरु मान्छेले बुझ्न र पत्याउन सक्ने समयकालमा भएका छन । कुकुर यसैको उदाहरण हो । त्यसमा पनि इङ्लिस बुलडग भन्ने कुकुरको एउटा जाति त जाति पछिल्लो सय वर्षको अवधिमा उदविकास भएको (गराइएको) हो ।

कृषि क्रान्तिपूर्व मान्छेले घरपालुवा बनाएको एउटै प्राणी ब्वाँसो हो । यो निर्विवाद तथ्य हो । यो प्रक्रिया कहाँ र कहिले आरम्भ भयो भन्नेमा मात्रै केही मतभेदहरु छन । बेल्जियममा एक गुफामा मान्छेसंगै केही ब्वाँसोको समेत अस्थिपञ्जर भेटिएका छन् । ३१ हजार ७ सय वर्ष पुरानो यो अस्थिपञ्जर ब्वाँसोभन्दा केही भिन्न तर कुकुरसंग मिल्दो भेटिएको छ ।

*******

सन २००२ मा पिटर साभोलाइनेनको समूहले गरेको अनुसन्धानले याङ्जे नदी किनारलाई नै तोकेर नै ब्वाँसोलाई घरपालुवा बनाउने प्रक्रिया शुरु भएको दावी गरेका छन । सन् २०१३ मा भने उनकै समूहले कुकुरको सम्पूर्ण न्युक्लियर जिनोमको म्यापिङसहितको अध्यन गर्‍यो । यसले पनि दक्षिणी चीनमा ३२ हजार वर्ष पहिले ब्वाँसोको कुकुर बन्ने प्रक्रिया आरम्भ भएको ठहर गर्‍यो ।

*******

समय र स्थानको सन्दर्भमा आनुबंशिक प्रमाणहरु पनि निर्विवाद छैनन् । तर पछिल्लो समयमा केही सर्वसम्मत मतहरु आएका छन् । केही समय अगाडिसम्म पनि पूर्वी तथा मध्य एसिया नै घरपालुवा कुकुर आरम्भको संभावित क्षेत्र  मानिन्थ्यो ।  सन २००२ मा पिटर साभोलाइनेनको समूहले गरेको अनुसन्धानले याङ्जे नदी किनारलाई नै तोकेर नै ब्वाँसोलाई घरपालुवा बनाउने प्रक्रिया शुरु भएको दावी गरेका छन । सन् २०१३ मा भने उनकै समूहले कुकुरको सम्पूर्ण न्युक्लियर जिनोमको म्यापिङसहितको अध्यन ग¥यो । यसले पनि दक्षिणी चीनमा ३२ हजार वर्ष पहिले ब्वाँसोको कुकुर बन्ने प्रक्रिया आरम्भ भएको ठहर ग¥यो ।

 कहाँ आरम्भ भयो भन्ने कुरालाई थप अनुसन्धान नभएसम्म थाँती राखौँ । तर, मान्छेले शिकार गरेर सामूहिक भोजन पश्चात फ्याँक्ने उब्रिएको मासु÷सिनो जब ब्वाँसोको समूहले ढुक्न थाल्यो, ठिक यही बिन्दुबाट ब्वाँसो मान्छेको छेउछाउ लहसिन थाल्यो र कुकुर बन्ने प्रक्रियाको आरम्भ भयो भन्नेमा चाहिँ दुइमत छैन । फिरन्ते मान्छेको समूहलाई ब्वाँसोको समूहले त्यही लोभमा पछ्याउन थाल्यो । यो क्रममा उ एकाध पुस्ता मै मान्छेको चोटा मै चाहिँ पक्कै पुगेको हैन । बरु रहलपहल शिकार कुर्दै कुनबेला मान्छेले खाइसक्लान् भनेर निकै परबाट ढुक्न थाल्यो ।

आरम्भमा मान्छेले यसलाई रुचाएन । यो कुरोमा शंकै छैन । सायद झटारो हान्यो होला, ढुङ्गा फाल्यो होला, नभाग्दा भालाले नै प्रहार ग¥यो होला । तर ढिट ब्वाँसो पछि लाग्न छाडेन । यसरी मान्छेको घरपालुवा बन्न डोमेस्टिकेशनको पहलकदमी ब्वाँसो आँफैले लियो ।  तर त्यसपछिका पुस्ताले मान्छेसंग अझ नजिक हुनका लागि मान्छे संगको  डर÷भय÷संकोचको मनोबैज्ञानिक अड्चन पार गर्नु पर्ने वा त्यसलाई नामेट नै पार्नुपर्ने बाध्यता थियो ।

*******

तुलनात्मक रुपमा मान्छेसंग घुलमिल हुन सक्ने स्वाभावको ब्वाँसाले आफ्नो बंश विस्तार गर्न सक्यो । यस्तो व्यवहार र शारिरक गुण भएकाहरु पछिल्ला पुस्ताहरुमा औषत संख्या बढ्न पुग्यो । मान्छेसंगको यो मित्रवत व्यवहार कुकुरतर्फ लम्कन बिकास भएको पहिलो गुण हुनुपर्छ । यो प्रक्रिया हज्जारौँ वर्ष चल्यो ।

*******

यसमा भने डार्बिनको प्राकृतिक छनौटले आफ्नो काम गर्‍यो । मान्छेसंग नजिक जान सक्ने, तुलनात्मक रुपमा बढी घुलमिल हुन सक्नेले बढी खाना खान पायो, उसको औसत आयु लामो भयो  र आफ्नो प्रजनन सामथ्र्यको पूर्ण उपयोग गर्न पायो । अर्थात तुलनात्मक रुपमा मान्छेसंग घुलमिल हुन सक्ने स्वाभावको ब्वाँसाले आफ्नो बंश विस्तार गर्न सक्यो । यस्तो व्यवहार र शारिरक गुण भएकाहरु पछिल्ला पुस्ताहरुमा औषत संख्या बढ्न पुग्यो । मान्छेसंगको यो मित्रवत व्यवहार कुकुरतर्फ लम्कन बिकास भएको पहिलो गुण हुनुपर्छ । यो प्रक्रिया हज्जारौँ बर्ष चल्यो । प्रत्येक पुस्तामा यो स्वाभाव बढ्दै गयो ।

लामो समयपश्चात ब्वाँसोप्रति मान्छेको व्यवहारमा पनि परिवर्तन आयो । उसमा मान्छेले केही फाइदा देख्यो । ब्वाँसो–कुकुर पहरेदारको रुपमा काम लाग्ने गुण देख्यो मान्छेले । सुन्ने र सुँघ्ने तीब्र शक्ति भएको यो प्राणीले भइपरि आउने खतराको पूर्व संकेत दिन सक्ने देख्यो । आफ्नो झुण्डको परिधि बाहिर रहेर कुकुरले दिने यो संकेतको फाइदा त्यसबेला निकै हुनुपर्छ । हामीले मात्रै यसको स्वाभाव र गुणमा उदविकास गराएनौँ । सायद हाम्रो स्वाभाव र आचरण पनि यसै अनुरुप अनुकूलन हुँदै गयौँ ।

*******

१५ देखि १२ हजार वर्षअगाडि मान्छेले फिरन्ते जीवनशैली छाडेर स्थायी बसोबास शुरु गर्‍यो ।  शायद यसै समयबाट ब्वाँसोको कुकुर बन्ने प्रक्रिया झन तीब्र भयो ।

*******

१५ देखि १२ हजार वर्षअगाडि मान्छेले फिरन्ते जीवनशैली छाडेर स्थायी बसोबास शुरु ग¥यो ।  शायद यसै समयबाट ब्वाँसोको कुकुर बन्ने प्रक्रिया झन तीब्र भयो । साथै कुकुर र मान्छेको सम्बन्धमा सघनता आउन थाल्यो । विस्तारै दुबै एक अर्काका परिपुरक हुन थाले । यसलाई अर्काे घटनाले पनि सघायो ।

१२ हजार बर्ष पहिले युरोप र एसियाको पर्यावरणमा ठूलो परिवर्तन आयो । हिमयुगको समाप्तिसंगै ध्रुवीय क्षेत्रको हिँउ पग्लन थाल्यो । योसंगै मान्छेको सिकार गर्ने तरिका बदलियो । यस पहिले मान्छेले हाते बन्चरो तथा भाला प्रयोग गरेर सिकार गथ्र्याे । यसमा मान्छे र सिकारबीच नजिक हुन जरुरी थियो ।

१२ हजार वर्ष पछाडि युरोप र एसियामा सिकारको यो तरिकामा बदलाव आयो । सिकार गर्ने नयाँ प्रविधिको आविष्कार भयो –  मसिना ढुङ्गाको धारिलो हतियार बनाएर भालामा उन्ने र सिकारतर्फ हुर्‍याउने । यसले सिकार र सिकारी बीचको दुरी बढाएर सम्भावित खतरा टार्न सहयोग गर्‍यो । ठिक यहि समयमा कुकुर र मान्छे एक अर्काका परिपुरक हुन थाले । खासगरि घाइते सिकारलाई पछ्याउन र घेरा हाल्न कुकुरको सहयोग रह्यो । यही समय पश्चात मान्छेको आम दैनिकी र संस्कृतिमा कुकुर अभिन्न अंग भएर जोडिन थालेको हो ।

१० हजार वर्ष यता आरम्भ भएको कृषि क्रान्तिले यो सम्बन्धको घनिष्ठता अर्काे तहमा पुग्यो  ।

मान्छे र घरपालुवा ब्वाँसोको घनिष्ठ सम्बन्धको पहिलो स्पष्ट प्रमाण युरोपमा उत्तर पाषाण युगका गुफाहरुमा भेटिएका छन । कुकुरहरुको केही चिहान त्यहाँ भेटिएको छ । जर्मनीमा १४ हजार वर्ष पुरानो एक चिहानमा कुकुरलाई पनि मान्छेसंगै गाडिएको छ । यस समय यता रुस तथा बेल्जियममा समेत त्यस्ता अवशेष भेटिएका छन् । १२ हजार वर्ष यता पश्चिम एसियाका चिहानहरुमा कुकुर प्रशस्त भेटिएका छन् ।

८ हजार वर्ष यता युरेशिया र उत्तरी अमेरिकाको धेरै क्षेत्रमा यसको व्यापक अवशेष देखिएको छ । ५२ सय वर्ष अगाडि मेक्सिको तथा सहारा अफ्रिकाको कृषि समाजमा तथा दक्षिण पूर्वी एशियामा ४२ सय वर्ष अगाडिबाट यसको प्रचुर प्रयोग देखिन्छ ।  दक्षिण अमेरिकामा भने कुकुरको प्रयोग देखिएको १ हजार वर्ष अगाडि मात्रै हो ।

एकअर्कासंग घृणा र भयको सम्बन्ध रहेको मान्छे र ब्वाँसोको यो सम्बन्ध आपसी प्रेम र सहअस्तित्वसम्मको यो यात्रा अन्य जनावर ‘डोमेस्टिकेशन’को सन्दर्भमा अद्वितीय हो । ‘अनवेलकम्ब्ड गेस्ट’को रुपमा जुठेल्नोको जुठोपुरो खाँदै आरम्भ भएको यो यात्रामा कुकुर हामीले पुज्ने स्वरुपसम्म पुगेको छ ।

*******

एकअर्कासंग घृणा र भयको सम्बन्ध रहेको मान्छे र ब्वाँसोको यो सम्बन्ध आपसी प्रेम र सहअस्तित्वसम्मको यो यात्रा अन्य जनावर ‘डोमेस्टिकेशन’को सन्दर्भमा अद्वितीय हो । ‘अनवेलकम्ब्ड गेस्ट’को रुपमा जुठेल्नोको जुठोपुरो खाँदै आरम्भ भएको यो यात्रामा कुकुर हामीले पुज्ने स्वरुपसम्म पुगेको छ । सुख, दुःखका हर संबेदना तपाईंसंग बाँड्दै मायालु भएर पुच्छर हल्लाउने वा तपाईंको काखमा लुटपुटिने यो प्राणी कुनैबेला जंगलमा तपाँइलाई नै झम्टने भयानक ब्वाँसो थियो । यो लामो सहकार्यमा र आत्मिय सहसम्बन्धमा यो तथ्य हामी बिर्सन्छौँ । यो विगत जान्न जरुरी छ, सम्झन जरुरी छैन ।

तस्बिरहरुः दीपक बुढाथोकी

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...