शेख अफ्ताव आलमका बारेमा सुन्दा
जनमानसमा आततायीका रुपमा चित्रित आलम एउटा लहरा हुन् । अन्य अनेककन हत्या, बलात्कार अन्याय, अत्याचार र भ्रष्टाचारका लहराजस्तै आलम पनि प्रवृत्तिगत रुपमै एउटा लहरा हुन् । जसमा आततायी किसिमका भयङ्कर क्रियाकलापहरु फल्छन् । फलेकाछन् ।
अहिले हाम्रो मुलुकमा हत्या, बलात्कार र भ्रष्टाचारजस्ता घातक प्रभावका क्रियाकलाप फलाइने जे जति विकासे विषलताहरु छन् ती सवै लहराका जरा भने पहरामा छन् । सवैभन्दा बढी समय सत्तामा रहेर शासन गर्ने नेपाली काङ्ंग्रेस सवैभन्दा बढी लहराहरु उमार्ने र हुकार्उने उर्बर पहरो हो । सत्तालाई उर्बरक बनाएर हल्केका नेपाली कांग्रेसका ठुला साना नेता कार्यकर्ताहरु यस्ता लहराहरुका लागि अनुकूल पहराहरु हुन् । दलका शीर्ष नेताहरु पहरोका साथै स्वयम् पनि बेसरी सप्रेका विशाल विशाल नाम्ले फेदका विषलताहरु पनि हुन् । कांग्रेसपछि एमाले पनि सत्ताको यसै लहरमा पहरो बनेर उभिएको हो । अहिलेको प्रहरमा एमाले माओवादी मिलेर नेकपा बनेको छ । मुुलुकमा राजनीतिक पहराहरु छन् र नै लहराहरु लहराउन पाएकाछन् । पहराहरुबाटै लहराहरुलाई पोषण प्रोत्साहन र संरक्षण मिलिआएको छ ।
कदाचित् कुनै लहरो विषलताका रुपमा जनताको पहिचानमा आयो र त्यसलाई उखेल्न फाल्न कसैले बलबुता लगायो भने दलका शेरबहादूरहरु झसङ्ग हुन्छन् । कृष्णप्रसादहरु उतर्सिन्छन् । अपराध लुकाउन र अपराधी बचाउनमा कानूनी त्राणदायक बनेका अमुक सरकारी महावकिलहरु उपहास्य तर्क दिएर आफ्नो महान् कौद्धिकताको पहिचान प्रदर्शनमा निर्लज्ज बन्छन् । अपराधकालीन गृहसचिवहरु र बडे बडे प्रहरी प्रशासकहरु सबै जम्बूशैलीको समवेत स्वरमा कोकोहोलो भुक्न थाल्छन् । कुनै पनि खोजीकर्ताका लागि अवस्था कम रोचक छैन ।
लहराका जराहरु पहरामा जमेकै कारण लहरा तानिदा पहराहरु थर्केका हुन् । लहरा तान्दा पहराहरु थर्कन्छन् नै । यो नेपाली उखानटुक्कामा पनि अटाउँदै आएको स्वाभाविकता हो । लहरालाई उखेलिनेगरी तान्ने हो भने पहरोमा पहिरो पनि जान सक्छ । जान्छ ।
जनताका भाग्यभविष्यमाथि डोजर चलाउने, पहिरो चलाउने काममा त आजका राजनेताहरु राम्रै सरिक छन् तर यिनका र आसेपासेका विषाक्त क्रियाकलापहरुमा फल्ने फलाइने लहराका धाइआमा, आश्रयदाता तथा निरन्तरका प्रोत्साहनदाता स्वयम्भू पहराहरुमाथि डोजर चलाउन प्रचलित कानुनले मिल्दैन । त्यसरी मिल्न कानुन जनहितमा जनताले नै बनाइएको हुनुपर्दो रहेछ । यहाँ त कानुन अपराधीका तारणहार पहराहरु आपैmले निर्माण गरेकाछन् । यसैले पहराहरुलाई कार्बाही गर्ने कानुन आजसम्म बनेकै छैन । विभिन्न अपराधहरुमा नेताहरु मुछिएका कुरा जगजाहेर हुँदा पनि अनुसन्धान र कानुनी कार्बाहीको प्रक्रिया नेता तथा शीर्ष नेताहरुसम्म पुग्दैन । यो नै आजको सर्वाधिक पेचिलो समस्या हो ।
आलम काण्डले नपाली जनताबीच आज यो सवै रहस्य ह्वाङ्ग उदाङ्ग भएको छ ।
कानुनी राजको प्रतिबद्धता पूरा हुनेगरी मुलुकको शासन प्रशासन चलाउन र मुलुकलाई जनताको समेत सुखसमृद्धिको बाटोमा हिडाउँन यस्ता विषाक्त लहरापहराहरुको संरक्षणमा सरकारी साधन शक्ति खर्चिनुबाट सम्भव छैन । आजको यो प्रक्रियाबाट त मुलुक उत्तरोत्तर अधोगतितिर जान मात्र सम्भव छ ।
यसैले हामी जनताले अव आजको यस स्थिति र स्थापत्यमाथि नै पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ । हाम्रा पुराकथाहरुमा जनहितका लागि कृष्णले गोबर्धन पर्बत उचालेको बयान छ । हामी नेपाली जनताले जनताकै विरुद्ध चुलिएका यी अपराधवद्र्धन–पर्बतहरु कति उचाल्ने ? किन उचाल्ने ? कहिलेसम्म उचाल्ने ?०९।०७।०७६आएकालाई पुरानो लाग्यो । बेहोर्नेलाई त आलै छ । आँसु सुकेको छैन । झझल्को मेटिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि भएन नेपाल एयरलाइन्सका पाइलटसँग सहमति
-
सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै
-
१० बजे १० समाचार : रवि लामिछानेलाई काठमाडौँ ल्याउने तयारीदेखि मानव तस्करीमा आरोपित कोशीका पूर्वमन्त्री अधिकारीको रिहाइसम्म
-
राहदानी विभागको सेवा सुचारु
-
सिस्नेरीबाट एन्फा एकेडेमी हेटौँडा एकेडेमीमा स्थानान्तरण गरिने
-
लुम्बिनीमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु