शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संघीय सरकार विगतका बेथिति हटाउँदै जनहितमा काम गरिरहेको छ : प्रभु साह

शनिबार, ०९ कात्तिक २०७६, २० : ०४
शनिबार, ०९ कात्तिक २०७६

रौतहट – नेपाल कम्युनिष्ट पार्टी प्रदेश नम्बर २ का अध्यक्ष तथा सांसद प्रभु साहले सरकार दिगो विकासको पूर्वाधारमा आधारशीला निर्माण गरिरहेको बताएका छन् ।

दशै, दिपावली तथा छठ पर्वको अवसरमा शनिबार रौतहटको कटहरीया नगरपालिका– ५ कटहरीया बजारमा नेकपा नगर कमिटीद्वारा आयोजित नगरस्तरीय शुभकामना आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रममा अध्यक्ष साहले सरकार पूर्वाधार निर्माण र तीव्र आर्थिक वृद्धि हासिल गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए ।

अध्यक्ष साहले भने, ‘हाल देशमा पूर्ण बहुमतसहित नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार छ । हिजो परिवर्तनका लागि लडेको नेकपा आज मुलुकलाई समृद्धिको यात्रातर्फ अगाडि बढाउदै छ ।’ 

ठूलो प्रतिफल देखिन काम हुन केही समय पर्खन उनले आग्रह गरे । साहले थपे, ‘हामीले झट हेर्दा देशमा त्यस्तो केही भएको छैन जस्तो लाग्न सक्छ तर म आग्रह गर्न चाहन्छु लामो सोचका साथ काम गर्दा अलि समय लाग्छ ।ठुलो प्रतिफल दिने परियोजना अगाड़ी बढेको छ ।तपाईंहरु आफ्नै परिवेशमा भएको परिवर्तन पनि  हेर्नुस् ।’

कम्युनिष्ट सरकारले बिगतको बेथिति हटाउँदै जनहितमा काम गरिरहेको उनले बताए । कार्यक्रममा प्रदेश सांसद कुन्दन कुश्वाह,कटहरिया नगरप्रमुख सियाराम कुश्वाहा,मौलापुर नगरप्रमुख रिना कुमारी साह नेकपा प्रदेश कमिटि सदस्य रजोउदिन आलम लगायतकाले वर्तमान सरकारले नै सुखी नेपाली र समृद्ध नेपालको सपना साकार गर्ने बिचार राखेका थिए ।

कार्यक्रममा २०६४ सालको संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र ५ बाट सांसद प्रतिस्पर्धी रहेका हाल राजपा नेता रहेका तत्कालीन सदभावना पार्टीका उम्मेदवार सरफलाल महतोले पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप