शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा संयुक्तको ओखलढुंगा जिल्ला समिति नै काँग्रेसमा प्रवेश

शनिबार, ०९ कात्तिक २०७६, १९ : ०१
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौं – ओखलढुंगामा राप्रपा संयुक्तको जिल्ला कार्यसमिति नै नेपाली काँग्रेसमा प्रवेश गरेको छ । शनिवार चिसंखुगढी गाउँपालिकामा आयोजित प्रवेश कार्यक्रममा जिल्ला अध्यक्ष नारायणबहादुर सुवेदी, उपाध्यक्ष मुगाधन राई, कोषाध्यक्ष दिनेश सुवेदी सहित जिल्ला कार्यसमित नेपाली काँग्रेसमा प्रवेश गरेको हो । ओखलढुंगामा अब राप्रपा संयुक्तको कुनै कमिटि नरहेको घोषणा समेत गरिएको छ । 

काँग्रेसमा प्रवेश गर्नेहरुले लोकतन्त्रको मूलधारमा आउन पाउँदा खुसी लागेको बताएका थिए । नेपाली काँगे्रसका जिल्ला सभापति प्रदिप सुनुवार र नेता रामहरि खतिवडाले राप्रपाका नेताहरुलाई पार्टीमा स्वागत गरेका थिए ।

राप्रपासहित नेकपाका कार्यकर्ताहरुलाई प्रवेश गराउँदै पूर्व सांसद रहेका नेता खतिवडाले सरकारका कामबाट असन्तुष्ट बनेका कार्यकर्ता काँग्रेसमा आएको बताए । काँग्रेस प्रवेश गर्नेमा राप्रपाका जिल्ला सदस्यहरु जश बहादुर राइ , बमप्रसाद खतिवडा, शुक्रराज राई, प्रदिप राईलगायत छन् । 

त्यस्तै नेकपाका स्थानीय नेता कार्यकर्ताहरु मुना राई, रेनुका राई,  निमफुरी शेर्पा,  लाम्पा दोर्जी शेर्पा लगायत दजनौं प्रवेश गरेको जिल्ला कार्यसमतिका प्रवक्ता राजकुमार ढुंगानाले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप