उपचुनावमा सरकार र काँग्रेसको हैसियत देखिन्छ : प्रदीप पौडेल
बुटवल – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व नालायक हुँदा देश झन् पछाडि धकेलिएको आरोप लगाएका छन् । उनले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको दाबी गरे ।
नकेपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने, ‘अदालत, प्रशासन, प्रहरीमा राजनीतिकरण गरिएको छ ,मानवअधिकार,अभिव्यक्ति स्वतन्त्रता र धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ।’
रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता पौडेलले नेकपा सत्ता कब्जाको अभ्यासतिर लागको आरोप लगाए ।
लोकतान्त्रिक मूल्यमान्यताको थिती बसाल्न, संस्कार र संस्कृतिको जगेर्ना गर्न काँग्रेसले मात्र सक्ने दाबी गरे । यस्तै नेकपा मुलुकको परराष्ट्र नीति विपरित चीनतिर ढल्केको भन्दै उनले भने ‘मौलिकता फेरेर कसैको चाकडी नगरौं , सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी हुँदैनन् । चीनले बिना स्वार्थ नेपालमा लगानी गर्दैन ।’
देशमा हस्तक्षेप बढाउने गरि कसैले कोहीसँग सहमति गर्न नहुनेमा उनको जोड छ । यस्तै नेता पौडेलले सरकारको नालायकीपनाको उपनिर्वाचनबाट जनताले सजाय दिने बताए । । मध्यावधि मूल्यांकन जस्तै यो पटकको उपचुनाव हुने उनको ठहर छ । सरकारको कामको मुल्यांकन र काँग्रेसको हिसाब किताब यहि उपचुनावले गर्ने पौडेलको भनाइ छ ।
अबको चुनाब जित्नका लागि काँग्रेस बदलिएर आउनुपर्ने भन्दै उनले ३३ प्रतिशत काँग्रेस ४८ प्रतिशतको नेकपासँग लड्न सक्नुपर्ने बताए ।
पौडेलले भने, ‘काँग्रेस अब ब्लु प्रिन्टका साथम आउनुपर्छ । २५ लाख भोट थप्नुपर्छ ,मुद्दागत प्रतिस्प्रर्धामा राजनीति गर्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु
-
पाल्पामा मगर दिवस मनाउन सार्वजनिक बिदा