उपचुनावमा सरकार र काँग्रेसको हैसियत देखिन्छ : प्रदीप पौडेल

person explore access_timeकात्तिक ९, २०७६ chat_bubble_outline0
File-photo

बुटवल – नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले नेतृत्व नालायक हुँदा देश झन् पछाडि धकेलिएको आरोप लगाएका छन् । उनले केपी ओली र प्रचण्डले देश कब्जा गर्न खोजेको दाबी गरे । 


नकेपाले हरेक क्षेत्रमा राजनीतिक हस्तक्षेप गरेको भन्दै उनले भने, ‘अदालत, प्रशासन, प्रहरीमा राजनीतिकरण गरिएको छ ,मानवअधिकार,अभिव्यक्ति स्वतन्त्रता र धर्म संस्कृतिमाथिको हस्तक्षेप अस्वीकार्य छ ।’



रिपोर्टर्स क्लव नेपाल प्रदेश ५ द्वारा शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा  नेता पौडेलले नेकपा सत्ता कब्जाको अभ्यासतिर लागको आरोप लगाए ।



लोकतान्त्रिक मूल्यमान्यताको थिती बसाल्न, संस्कार र संस्कृतिको जगेर्ना गर्न काँग्रेसले मात्र सक्ने दाबी गरे । यस्तै नेकपा मुलुकको परराष्ट्र नीति विपरित चीनतिर ढल्केको भन्दै उनले भने ‘मौलिकता फेरेर कसैको चाकडी नगरौं , सी बिचार नै आयात गरेर कुनैपनि छिमेकी खुसी हुँदैनन् । चीनले बिना स्वार्थ नेपालमा लगानी गर्दैन ।’

देशमा हस्तक्षेप बढाउने गरि कसैले कोहीसँग सहमति गर्न नहुनेमा उनको जोड छ । यस्तै नेता पौडेलले सरकारको नालायकीपनाको उपनिर्वाचनबाट जनताले सजाय दिने बताए ।  । मध्यावधि मूल्यांकन जस्तै यो पटकको उपचुनाव हुने उनको ठहर छ । सरकारको कामको मुल्यांकन र काँग्रेसको हिसाब किताब यहि उपचुनावले गर्ने पौडेलको भनाइ छ ।

अबको चुनाब जित्नका लागि काँग्रेस बदलिएर आउनुपर्ने भन्दै उनले ३३ प्रतिशत काँग्रेस ४८ प्रतिशतको नेकपासँग लड्न सक्नुपर्ने बताए ।
पौडेलले भने, ‘काँग्रेस अब  ब्लु प्रिन्टका साथम आउनुपर्छ । २५ लाख भोट थप्नुपर्छ ,मुद्दागत प्रतिस्प्रर्धामा राजनीति गर्नुपर्छ ।’

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।