रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
शनिबार, ०९ कात्तिक २०७६, १७ : ३०

बुटवल – रुपन्देही ओमसतिया गाँउपालीका ४ बसन्तपुरको भैरहवामा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा एक जना मृत्यु भएको छ ।
परासी हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ट्रकले लु.४७ प.८९०५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतियाका २० का बलाराम चाईको रहेका छन् । उनी शनिबार दिउसो घटना स्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार वर्ष १८ को आकाश गुप्ता घाइते भएका छन् । उनको भीम अस्पताल भैरहवामा उपचारको भइरहेको छ । मोटरसाइकलको पेट्रोल ट्याङकी फुटी आगोलागी हुदा मोटरसाइकल पूर्णरुपमा जलेको छ । यस्तै ट्रकको पछाडिका ४ वटा टायर जलेकापछि दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फवाद खानको प्रतिक्रिया : पहलगाम आक्रमण घिनलाग्दो
-
कलेजहरूलाई दिइने विदेशी कोषमा अमेरिकामा बढ्ने भयो निगरानी
-
चीनले अमेरिका फिर्ता पठायो बोइङका विमान
-
सर्वोच्चबाट पुनरावलोकनको मुद्दा फिर्ता लिँदै मनाङे, उपस्थित भए इजलासमा
-
लोकतन्त्रको आन्दोलनमा माधव कमरेडको भूमिका
-
पहलगाम आक्रमणपछि पाकिस्तान सरकारको वेबसाइट र एक्स एकाउन्ट ब्लक