शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

शनिबार, ०९ कात्तिक २०७६, १७ : ३०
शनिबार, ०९ कात्तिक २०७६

बुटवल – रुपन्देही ओमसतिया गाँउपालीका ४ बसन्तपुरको भैरहवामा भारतीय नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिदा  एक जना मृत्यु भएको छ ।

परासी हुलाकी सडकमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको ट्रकले लु.४७ प.८९०५ नम्बरका मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार  मृत्यु  हुनेमा मोटरसाइकल चालक रुपन्देहीको ओमसतियाका २० का बलाराम चाईको  रहेका छन् । उनी शनिबार दिउसो घटना स्थलमै मृत्यु भएको हो । 

मोटरसाइकलमा सवार वर्ष १८ को आकाश गुप्ता घाइते भएका छन् । उनको भीम अस्पताल भैरहवामा उपचारको भइरहेको छ । मोटरसाइकलको पेट्रोल ट्याङकी फुटी आगोलागी हुदा मोटरसाइकल पूर्णरुपमा जलेको छ । यस्तै ट्रकको पछाडिका ४ वटा टायर जलेकापछि  दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । ट्रक चालक प्रहरी नियन्त्रणमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप