शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अल्छी मान्छेमा हृदयघात (हर्टअट्याक) हुने सम्भावना बढी

शनिबार, ०९ कात्तिक २०७६, १६ : ३४
शनिबार, ०९ कात्तिक २०७६

काठमाडौँ । मुटुमा देखिने समस्या हृदयघात एक प्रमुख समस्यानै मानिन्छ । यो समस्याबाट पनि नेपालमा दैनिकजसो नै नागरिकले ज्यान गुमाउँदै आइरहेका छन् । हृदयघातबाट ज्यान गुमाउनेमा नेपालमा ठूला नाम चलेको व्यक्तिदेखि सामान्य नागरिकसम्म पनि छन् ।

नागरिकले नै धेरै ध्यान दिने हो भने यो समस्याबाट पनि बच्न सकिन्छ । पछिल्लो समय हृदयघातको समस्या बढ्दै जानुमा दैनिक जीवनयापन, व्यायाम, समयमा स्वास्थ्य परीक्षण गर्नु नै राम्रो उपाय भनेको मुटु रोग विशेषज्ञहरुले बताउँदै आइरहेका छन् ।

आज हामीलाई हृदयघात, हृदयघात हुनसक्ने सम्भावना, बच्ने उपाय लगायतको बारेमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराइले जानकारी गराएका छन् । डा. भट्टराई मुटु स्वास्थ्यमा क्षेत्रमा दुइ दशकदेखि सक्रिय छन् । हाल उनी मनमोहन कार्डियो थोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा कार्यरत छन् ।

हृदयघात अथवा हार्टअट्याक कस्तो समस्या हो ?

मुटुमा मांसपेशी र त्यसलाई रक्तसञ्चार गर्ने रगतका नलीहरु हुन्छन् । समग्रमा भन्नु पर्दा हृदयघात भनेको मुटुको मांसपेशीको कुनै पनि भागको मृत्यु हुनु हो । त्यो के कारणले हुन्छ भन्दा मुटुलाई सप्लाई गर्ने ठूल–ठूला ३ वटा नलीहरु हुन्छन् ।

त्यो ३ वटा नलीहरुमा पनि हाँगाविगाहरु हुन्छन् । तिनीहरु मध्ये सानोतिनो हाँगाविगाहरुमा कुनै पनि रक्तसञ्चारमा अवरोध आयो भने त्यो हाँगाविगाले सप्लाई गर्ने मांसपेशी मर्छ । त्यो सामान्य र सानो खालको हृदयघात अथवा हर्टअट्याक भयो ।

तर ठूलै रक्तनली जसले  मुटुको ठूलो मांसपेशीको एरियालाई रगत सप्लाई गर्छ त्यो नली ब्लक भयो भने एकदमै ठूलो हृदयघात (हार्टअट्याक) हुन्छ र मान्छेको मृत्युसम्म हुनसक्छ । त्यसैले समग्रमा बुझ्ने भाषामा भन्नुपर्दा हृदयघात भनेको मुटुको मांसपेशीमा कुनै पनि कारणले गर्दा रक्तसञ्चारमा अवरोध आएर मुटुको मांसपेशीको केही भागको मृत्यु हुनुनै हृदयघात अथवा हार्टअट्याक हो ।

हृदयघात मौसम अनुसार (चिसो, गर्मी) हुने सम्भावना हुन्छ कि हुँदैन् ?

पहिला नै मुटु सम्बन्धी कुनै रोग भएको मान्छेहरु अथवा मुटुको नलीहरु सामान्य पहिलादेखि नै बन्द भइरहेको हुनसक्छ हामीलाई थाहा हुँदैन । त्यस्तो समस्या छ भने मुटुको नलीहरु र रगतको नलीहरु  खुम्चिने  प्रक्रिया चाहिँ चिसो समयमा अलिबढी हुन्छ । त्यस्तो किसिमको समस्या भएको व्यक्तिमा भने चिसोको समयमा हृदयघात हुने सम्भावना बढी हुन्छ ।

हर्टअट्याक जसलाई पनि हुन सक्छ । विशेषगरी अहिले भन्नुपर्दा ३५ वर्ष भन्दा माथिको नागरिकलाई हर्टअट्याक हुने सम्भावना बढी देखिन्छ । हामीसँग २०,२२ वर्षमा पनि हर्टअट्याक भएर अपरेशन गरेको रेकर्ड छ । तर यो संख्या भने एकदमै कम हुन्छन् । धेरै मात्रामा हुने भनेको ३५ देखि ४० वर्ष माथि हो ।

हृदयघातको समस्या मुख्यत कस्ता—कस्ता व्यक्तिमा बढी हुने सम्भावना हुन्छ ?

नम्बर १ त वंशाणुगत नै भयो । बुबाआमालाई पहिला नै केही मुटुसम्बन्धी रोग विशेषगरी ‘स्केमिक हार्ट डिजिज’ जसले कालान्तरमा हर्टअट्याक गराउन सक्छ त्यस्ता व्यक्तिहरु बढी सचेत हुनुप¥यो ।

यस्ता परिवारका सदस्यहरुले समय—समयमा मुटुको परिक्षण गर्न आवश्यक हुन्छ । साथै मधुमेह, शरीरमा चिल्लोपना (कोलोस्टोर) अत्याधिक भएको व्यक्ति, धुम्रपान, मध्यपान, मासुजन्य खाना अत्याधिक खाने, मोटो व्यक्ति र नियमित व्यायम नगर्ने बुझ्ने भाषामा भन्नु पर्दा अल्छी मान्छेहरुमा हृदयघात हुने सम्भावना बढी हुन्छ । नियमित व्यायाम गर्ने मान्छेलाई ५० वर्षमा हुने हर्टअट्याक ६५ वर्षमा हुन सक्छ । 

के हृदयघात (हर्टअट्याक) सबै उमेर समूहका व्यक्तिमा आउने समस्या हो ?

हर्टअट्याक जसलाई पनि हुन सक्छ । विशेषगरी अहिले भन्नुपर्दा ३५ वर्ष भन्दा माथिको नागरिकलाई हर्टअट्याक हुने सम्भावना बढी देखिन्छ । हामीसँग २०,२२ वर्षमा पनि हर्टअट्याक भएर अपरेशन गरेको रेकर्ड छ । तर यो संख्या भने एकदमै कम हुन्छन् । धेरै मात्रामा हुने भनेको ३५ देखि ४० वर्ष माथि हो ।

तपाईं यहि क्षेत्रको विज्ञ हुनुहुन्छ हृदयघात हुनुको केही फरक कारणहरु छन् ?

हर्टअट्याकको खासै नयाँ कारणहरु भने केही छैन । संसारभर हर्टअट्याक हुनुको कारणहरु यिनै हुन् । जुनकुरा माथि भनिसकेको छु । नेपालमा पनि हर्टअट्याक हुनुमा यहि कारणहरु नै लागू हुन्छ । 

नागरिकले मलाई हर्टअट्याक भएको हो कि भनेर अनुमान गर्न सक्ने लक्षणहरु के–के हुन्छन् ?

ठूलो हर्टअट्याक भएको छ भने तुरुन्तै थाहा हुने भयो । तर पनि नागरिकले ध्यान दिनुपर्ने कुरा भनेको छातीको देब्रे भागमा असह्यै पिडा हुनु । चिटचिट पसिना आउनु, वान्ता हुन, रिङ्गटा लाग्नु ठूलो हार्टअट्याक भएको खण्डमा मान्छे बेहोस भएर ढल्नु ।

तर हर्टअट्याक हुनुभन्दा अगाडिको ‘प्रि हर्टअट्याक कन्डिसन’ त्यसलाई ‘स्केमिक हार्ड डिजिज’ पनि भन्छौँ । एन्जाईना पनि भन्छौ । एन्जाईना भनेको दुख्नु हो ।

त्यस्तो बेलामा छातीको देब्रेपट्टी बेलाबेलामा दुख्नु । विशेषगरी कुनै पनि काम गर्दा जस्तो ३ तला, ४ तला भ¥याङ चढ्दा देब्रेपट्टी छाती दुखेर भारी भयो । गाह्रो भएर रोकिनुप¥यो भने त्यो ‘स्केमिक हार्ट डिजिज’ अथवा जसले कालान्तारमा हर्टअट्याक गराउन सक्ने सम्भावना रहन्छ । त्यो हर्टअट्याकको एउटा लक्षण हो । त्यस्तो मान्छेले तुरुन्तै मुटुरोग विशेषज्ञलाई देखाउनुपर्छ ।

त्यो छातीको दुखाई तपाईको देब्रेहाततिर सर्नु पनि मुटु रोग अथवा हर्टअट्याक हुने लक्षण हुन् । त्यसपछि हिँड्दा छिटो—छिटो उकालो चढ्दा थकाई लाग्नु, स्वाँ—स्वाँ बढी हुनु, छाती भारी हुनु भोली गएर हर्टअट्याक हुने लक्षणहरु हुन् ।

त्यस्तो लक्षण देखिएको खण्डमा भने मुटुरोग विशेषज्ञलाई देखाउनुपर्छ । इको, इसिजि परिक्षण गर्नुप¥यो एन्जीओग्राफी गरेर हेर्नुप¥यो । मुटुको नली कति ब्लग भएको के छ भन्ने कुरा थाहा हुन्छ र त्यसको आधारमा उपचार हुन्छ ।   

यस्तो लक्षण देखिएको कति समयसम्म उपचार गराउनुपर्छ  ? हर्टअट्याकको उपचारको समयसीमा हुन्छ कि हुँदैन ?

त्यस्तो लक्षण देखेपछि जतिसक्दो छिटो उपचार गराउनु राम्रो हुन्छ । हर्टअट्याक भइसकेपछि ६ घण्टामा उपचार गराउनुपर्छ ।  हुनुभन्दा अगाडीको कुरा गर्ने हो भने सकेसम्म चाँडै गर्दा राम्रो हुन्छ । कसैलाई हर्टअट्याक भएको छ भने ६ घण्टाभित्रै अस्पताल लग्यो भने मुटुमा ब्लग भएको भागलाई जाली हालेर उपचार गर्न सकिने सम्भावना हुन्छ ।

हर्टअट्याक भइसकेपछि ६ घण्टामा उपचार गराउनुपर्छ ।  हुनुभन्दा अगाडीको कुरा गर्ने हो भने सकेसम्म चाँडै गर्दा राम्रो हुन्छ । कसैलाई हर्टअट्याक भएको छ भने ६ घण्टाभित्रै अस्पताल लग्यो भने मुटुमा ब्लग भएको भागलाई जाली हालेर उपचार गर्न सकिने सम्भावना हुन्छ ।

६ घण्टापछि अन्य समस्याहरु आउने सक्ने सम्भावना हुन्छ । त्यसैले मुटुको हर्टअट्याक अथवा ‘प्रि हर्टअट्याक कन्डिसन’को शंका लाग्यो भने जतिसक्दो छिटो मुटु अस्पतालमा लैजानुपर्छ ।

हृदयघात हुनबाट बच्नको लागि के–के कुरामा ध्यान दिनुपर्छ ?

रिक्स फ्याक्टरहरुको बारेमा कुरा भईसकेको छ । अब कालान्तारमा गएर मुटुरोग नलाग्नको लागि मैले माथि पनि धेरै कुरा उल्लेख गरिसकेको छु । फेरि पनि म नागरिकलाई के आग्रह गर्न चाहान्छु भने शारीरिक व्यायाम मुटु रोगसँगै अन्यरोग लाग्नबाट जोगिन सकिन्छ ।

त्यसैले नियमित शारीरिक व्यायम, शरीरको तौल नियन्त्रणमा राख्ने, खानपिनमा चिल्लोजन्य, बोसोजन्य, कार्बाेहाइट्रेड कम गर्नुप¥यो । शरीरमा  कोलोस्टोर र सुगरको मात्रा यी दुई कुरालाई एकदमै कन्ट्रोलमा राख्नुप¥यो ।

हिजो तपाईको परिवारमा कसैलाई हर्टअट्याक भएको थियो भने त्यस्तो परिवारका सदस्यहरुले तुरुन्तै मुटु विशेषज्ञसँग भेटेर मुटु सम्बन्धी जाँच गर्नुभयो भने पनि हर्टअट्याक हुनुबाट धेरै हदसम्म बच्न सकिन्छ ।

तपाईलाई घरमा आफूलाई हर्टअट्याक भएको शंका लाग्यो भने अस्पताल आउनुभन्दा अगाडी त्यस्तो व्यक्तिले ‘एसप्रिन’ भन्ने औषधि हुन्छ । त्यो औषधि एकदुई चक्की खायो भने धेरै हदसम्म आफूलाई सुरक्षित राख्न सकिन्छ ।

‘एसप्रिन’ नामको ७५ एमजिको औषधि पाइन्छ त्यो एउटा अथवा दुई चक्की खाएर अस्पताल आउनुभयो भने घर र अस्पताल बिचको बाटोमा पनि सुरक्षित रहन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप