आठ अर्ब राजश्व सङ्कलन
![आठ अर्ब राजश्व सङ्कलन](https://rpcdn.ratopati.com/media/albums/Revenue-Department_83LWLKaqyM.jpg)
चितवन । आन्तरिक राजश्व कार्यालय भरतपुरले चालू आर्थिक वर्षको तीन महीनामा रु आठ अर्ब ५८ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । गत वर्षको यसै अवधिमा रु सात अर्ब ४५ करोड ५१ लाख १३ हजार राजश्व सङ्कलन भएको थियो ।
कार्यालयका सूचना अधिकारी धनिश्वर अर्यालका अनुसार चालू आर्थिक वर्षमा राजश्व विभागले तोकेको लक्ष्यभन्दा कम राजश्व सङ्कलन भएको भए पनि गत वर्षको यसै अवधिको तुलनामा बढी राजश्व सङ्कलन भएको छ । विभागले तीन महीनाका लागि रु १० अर्ब ७४ करोड ९५ लाख ६६ हजार राजश्व सङ्कलनको लक्ष्य दिएको थियो ।
चालू आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा रु ५५ करोड सात लाख ५१ हजार बढी राजश्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । चालू आर्थिक वर्षमा अन्तःशुल्कमा रु छ अर्ब ८१ करोड ५९ लाख ५० हजार, मूल्य अभिवृद्धिकरमा रु ५९ करोड ४८ लाख ५८ हजार, आयकरमा रु ५२ करोड ६० लाख ३१ हजार राजश्व सङ्कलन भएको छ ।
कार्यालयका अनुसार व्याज करमा रु चार करोड ७१ लाख ६० हजार, बहालकरमा रु एक करोड ७३ लाख १८ हजार, स्वास्थ्य सेवा करमा रु ४४ लाख पाँच हजार र शिक्षा सेवा शुल्कमा रु एक लाख ४२ हजार राजश्व सङ्कलन भएको सूचना अधिकारी अर्यालले जानकारी दिए ।
कार्यालयले लक्ष्य निर्धारण बढी भएका कारण तोकिएअनुसारको सङ्कलन गर्न कठिन भएको जनाएको छ । बजारमा व्यापार घटेको, केही कम्पनी ठूला करदाताकामा गएको, भिसिटीएसका कारण ढुवानीमा अन्योल रहेको, मदिराजन्य वस्तुहरुको बिक्री वितरणमा कमी आएको, भन्सार विन्दु घटेकाजस्ता कारण लक्ष्यअनुसार राजश्व सङ्कलन हुन नसकेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता
-
आपत्कालीन कोषमा योगदान गरेकामा डब्लुएचओबाट नेपाललाई धन्यवाद ज्ञापन
-
जापानले स्वास्थ्य क्षेत्रमा २० हजार नेपाली कामदार लैजाने
-
सूर्यकुमारीको बारीमा फल्यो एउटै लौका १६ किलोको
-
काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि १० जना सर्टलिष्टमा