शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिकाको क्यालिफोर्नियामा संकटकालको घोषणा, ५० हजारलाई घर छोड्न निर्देशन

शनिबार, ०९ कात्तिक २०७६, ०९ : ५८
शनिबार, ०९ कात्तिक २०७६

अमेरिकाको क्यालिफोर्निया प्रान्तका गर्भनर गोविन नेवसोमले शुक्रबार लस एन्जिल्स र सोनोमा क्षेत्रमा भीषण आगलागीको प्रभाव र खतरालाई मध्यनजर गर्दै राज्यमा संकटकालको घोषणा गरेका छन् । क्यालिफोर्नियाको जंगलमा लागेको आगो ५ हजार एकड बढी क्षेत्रमा फैलिएको छ । यो आगो सोमबार लस एन्जेलिसभन्दा लगभग ६५ किलोमिटर टाढा सेन्टा क्लेरिटामा लागेको थियो ।

नेवसोमले भने, ‘म राज्यको संविधानअनुसार प्राप्त अधिकारको उपयोग गर्दै लस एन्जिल्स तथा सोनोमा क्षेत्रमा आगलागीको खतरालाई मध्यनजर गर्दै संकटकालको घोषणा गर्छु ।’ अहिलेसम्म पाँच सय घर जलिसकेका छन् । थुप्रै क्षतीग्रस्त भइसकेका छन् ।

सेन्टा पाउला निवासी महिलाको जलेका कारण मृत्युः

यसअघि शुक्रबार सेन्टा पाउला निवासी महिला भर्जिनिया पेसोला (७०) को मृत्यु भएको जानकारी अधिकारीले दिएका थिए । आगलागीका कारण भएको यो पहिलो मृत्यु हो । सावधानीको रुपमा दमकल विभागले ५० हजारलाई घर खाली गर्न आदेश दिएको छ ।

तबेलाभित्रै धेरै घोडाको मृत्युः

यसअघि बिहिबार अबेर राती सेन डियागोको तबेलामा आगो फैलिएका कारण थुप्रै घोडाको निस्सास्सिएर मृत्यु भएको छ जबकी केही घोडालाई समय अगावै बचाउन सकिएको छ । आगो निभाउनका लागि हजार बढी कर्मचारी, पाँच सय दमकल, एयर ट्याङ्कर र हेलिकोप्टरको मद्दत लिइँदैछ ।

आइतबार बढ्न सक्छ हावाको गतीः

नेशनल वेदर सर्भिसको पूर्वानुमान अनुसार आइतबारसम्म हावाको गती तीब्र हुनसक्छ । यसअघि उत्तरी क्लालिफोर्नियाको वाइन कन्ट्रीमा पनि बुधबार जंगली झाडीमा आगो सल्किएको थियो । पछि यो आगो १६ हजार एकडमा फैलिएको थियो जसका कारण दुई हजार मानिसलाई घर खाली गर्न आदेश दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप