सीटीईभीटीको गोप्य प्रतिवेदन : विद्यमान संरचनामा कार्यक्रम सञ्चालन गर्नै कठिन
काठमाडौं । प्राविधिक जनशक्ति उत्पादन गर्ने महत्वपूर्ण अड्डा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)ले हालको संरचनामा परिषद्का कार्यक्रम सञ्चालन गर्न नसक्ने देखिएको छ ।
परिषद्को वर्तमान संरचना र जनशक्तिबाट हाल सञ्चालन भएका कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गर्न कठिनाइ भएको प्रतिवेदन फेला परेकाे खबर राजधानी दैनिकमा छापिएकाे छ । सीटीईभीटीको सम्बन्धमा डा. रुद्र सुवालको प्रतिवेदनले परिषद्का कार्यक्रम विस्तार गर्न विद्यमान संगठन संरचना, जनशक्ति र साधन स्रोतको अभाव हुने निष्कर्ष निकालेको छ ।
परिषद्मा स्थायी कर्मचारीभन्दा करार र अस्थायी कर्मचारी बढी छन् । अहिले परिषद् मातहत २ हजार ३० कर्मचारी छन् । जसमध्ये ९३२ जनाको स्थायी दरबन्दी छ । अन्य सबै करार र अस्थायी छन् ।शिक्षालयहरूले कार्यक्रम सञ्चालन गर्दा राज्यको महŒवपूर्ण एवं प्राथमिकताका विषयमा केन्द्रित भई सञ्चालन नभएको देखिएको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युवा पलायन रोक्न विश्वविद्यालय शिक्षामा सुधार गर्नुपर्छ : शिशिर खनाल
-
बागमतीको ८०० बढी विद्यालयमा नर्ससेवा, दुर्गममा किन टिक्दैनन् ?
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स