हुलाकी सडकलाई सरकारले विभेद गर्यो : प्रभु साह

रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकमा सरकारले बिभेद गरेकोे टिप्पणी गरेका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गरुडा नगरपालिका ५, महमदपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले सो टिप्पणी गरेका हुन् ।
राष्ट्रिय सडकको अवधारणाअनुरुप निर्माण सुरु भएको हुलाकी सडकको चौडाई कम्तीमा ५० मिटर हुनुपर्ने साहले सुुझाव दिए । तराईको समृद्धिको मुख्य आधारको रुपमा देखिएको निर्माणाधीन हुलाकी सडकको मापदण्ड नै ५० मिटर चौडाई रहेकाले सो अनुसार पुर्याउनुको विकल्प नभएको साहले बताए ।
सांसद साहले सरकारले एकातिर उद्योग, व्यापार र व्यवसाय विस्तार गरि समृद्धि ल्याउने सपना देखाउने र अर्कोतिर मुख्य सडक फराकिलो बनाउन अवरोध गर्ने काम गरिरहेको आरोप लगाए । ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनअघि मन्त्रिपरिषद कार्यालयको एक्शन रुमबाट राष्ट्यि गौरवका आयोजनाहरु समयमै पुरा गर्न निर्देशन दिएका थिए ।