हुलाकी सडकलाई सरकारले विभेद गर्यो : प्रभु साह
रौतहट– नेपाल कम्युनिष्ट पार्टी प्रदेश २ का अध्यक्ष प्रभु साहले राष्ट्रिय गौरवको आयोजना हुलाकी सडकमा सरकारले बिभेद गरेकोे टिप्पणी गरेका छन् । दशै, दिपावली तथा छठ पर्वको अवसरमा शुक्रबार रौतहटको गरुडा नगरपालिका ५, महमदपुरमा नेकपा नगर कमिटीद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष साहले सो टिप्पणी गरेका हुन् ।
राष्ट्रिय सडकको अवधारणाअनुरुप निर्माण सुरु भएको हुलाकी सडकको चौडाई कम्तीमा ५० मिटर हुनुपर्ने साहले सुुझाव दिए । तराईको समृद्धिको मुख्य आधारको रुपमा देखिएको निर्माणाधीन हुलाकी सडकको मापदण्ड नै ५० मिटर चौडाई रहेकाले सो अनुसार पुर्याउनुको विकल्प नभएको साहले बताए ।
सांसद साहले सरकारले एकातिर उद्योग, व्यापार र व्यवसाय विस्तार गरि समृद्धि ल्याउने सपना देखाउने र अर्कोतिर मुख्य सडक फराकिलो बनाउन अवरोध गर्ने काम गरिरहेको आरोप लगाए । ‘सुखी नेपाली, समृद्ध नेपाल’को परिकल्पना गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले केहि दिनअघि मन्त्रिपरिषद कार्यालयको एक्शन रुमबाट राष्ट्यि गौरवका आयोजनाहरु समयमै पुरा गर्न निर्देशन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: एन्फा पूर्वअध्यक्ष पक्राउदेखि ९५ प्रतिशत स्थानीय सरकारले बजेट समयमै ल्याएसम्म
-
भेनेजुएला भूकम्प: मृतकको सङ्ख्या ५८९ पुग्यो
-
भोजपुरमा डेङ्गी नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान सुरु
-
भारत लैजान लागेको ४ केजी अफिम सहित दुई जना पक्राउ
-
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
-
भूलबस मिसाइल आक्रमणबारे ‘गलत’ चेतावनी दिएकोमा युएईद्वारा क्षमा याचना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण