नेपालले धेरै ठूलो सफलता हासिल गरेको छ : अर्थमन्त्री खतिवडा

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकाँकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पारे ।
विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक वातावरणको सूचकाँकमा नेपाल १६ स्थानमाथि उक्लिएको थियो । अर्थमन्त्री खतिवडाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन र व्यवसायका लागि आवश्यक कानुन निर्माण भएकाले नेपालले व्यवसायिक वातावरणको क्षेत्रमा गत वर्षभन्दा सुधार हुन सकेको पनि स्पष्ट पारे । उनले करलगायतका समस्या चालू आर्थिक वर्ष भित्र सम्पन्न गरेपछि नेपाल व्यवसायिक वातावरणका सूचकाँकको दृष्टिले अग्रणी स्थानमा आउने विश्वास पनि व्यक्त गरे ।
विश्व बैंकको प्रतिवेदन अनुसार नेपाल व्यवसायिक वातावरणको दृष्टिकोणले १९० मुलुकमध्ये ९४ औं स्थानमा परेको छ । अर्थमन्त्री खतिवडाले मुलुक संघीयता कार्यान्वयनको चरणमै रहेकाले त्यसका व्यवसायिक वातावरण पनि सोचे अनुसार एकैचोटी अघि बढन नसकेको पनि स्पष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
-
बोर्डमा ‘महिला चलचित्र महोत्सव’ सुरु
-
यूपीका मुख्यमन्त्री आदित्यनाथको दाबी- महाकुम्भमा एउटा पनि अपराधको घटना भएन
-
थापाथलीमा पाईप फुटेर सडक जलमग्न : लाखौं रकमको क्षति
-
पाकिस्तानी टोलीमा ब्यापक परिवर्तन, सलमान आगा टी–२० टोलीको कप्तान
-
टिकाथलीमा बोरिङबाट निस्किएको ग्यास, घरघरमा पुर्याउन स्थानीयको माग