बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले धेरै ठूलो सफलता हासिल गरेको छ : अर्थमन्त्री खतिवडा

शुक्रबार, ०८ कात्तिक २०७६, १८ : ५६
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– अर्थमन्त्री डा.युवराज खतिवडाले विश्व बैंकले हालै सार्वजनिक गरेको व्यवसायिक वातावरणको सूचकाँकमा नेपालले प्राप्त गरेको सफलता धेरै ठूलो भएको बताएका छन् । अर्थमन्त्री खतिवडाले संघीयताको कार्यान्वयन र आवश्यक कानुनको प्रबन्ध सरकारले गरेको हुनालेनै नेपालको व्यवसायिक वातावरणमा गत वर्षभन्दा सुधार आउन सकेको पनि स्पष्ट पारे ।

विश्व बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा व्यवसायिक वातावरणको सूचकाँकमा नेपाल १६ स्थानमाथि उक्लिएको थियो । अर्थमन्त्री खतिवडाले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै संघीयता कार्यान्वयन र व्यवसायका लागि आवश्यक कानुन निर्माण भएकाले नेपालले व्यवसायिक वातावरणको क्षेत्रमा गत वर्षभन्दा सुधार हुन सकेको पनि स्पष्ट पारे । उनले करलगायतका समस्या चालू आर्थिक वर्ष भित्र सम्पन्न गरेपछि नेपाल व्यवसायिक वातावरणका सूचकाँकको दृष्टिले अग्रणी स्थानमा आउने विश्वास पनि व्यक्त गरे ।

विश्व बैंकको प्रतिवेदन अनुसार नेपाल व्यवसायिक वातावरणको दृष्टिकोणले १९० मुलुकमध्ये ९४ औं स्थानमा परेको छ । अर्थमन्त्री खतिवडाले मुलुक संघीयता कार्यान्वयनको चरणमै रहेकाले त्यसका व्यवसायिक वातावरण पनि सोचे अनुसार एकैचोटी अघि बढन नसकेको पनि स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप