मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस

शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ५०
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि सत्तारुढ दल नेकपाले विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।

तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।

बुधबारमात्रै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सो क्षेत्रका लागि दुई महिनाअघि प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट साझामा प्रवेश गरेकी रजनी केसीको नाम सिफारिस गरेको छ ।

केही समय अघिसम्म सो क्षेत्रमा नेकपाबाट नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । वामदेवले खुलेरै कास्की २ मा चुनाव नलड्ने भनेपछि भट्टराईकै सम्भावना बढि थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप