ललितपुरबाट समातिए विप्लव समूहका ४ कार्यकर्ता
शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ३९

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउन खोज्ने विप्लव समूहका ४ कार्यकर्ता ललितपुरको लुभुबाट पक्राउ परेका छन् ।
बिहीबार साँझ प्रधानमन्त्री ओलीको पुत्ला जलाउने तयारीमा रहेका ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष तामाङले जानकारी दिए ।
पक्राउ पर्नेमा पाँचथरका २१ वर्षीय निकुञ्ज सेवा, काभ्रेका ६० वर्षीय जित बहादुर खपाङ्गी, भक्तपुरका २७ वर्षीय श्रवण भन्ने बिजेश ढकाल र भोजपुरका ४२ वर्षीय पेम्बा जम्बु शेर्पा रहेका छन् ।
उनीहरुलाई जिल्ला अदालत ललितपुरले सार्वजनिक स्थानमा शान्ति खलल गरेको कसुरमा ७ दिनको म्याद थपेको प्रहरीले जनाएको छ ।
उनीहरु विप्लव समूहका जिल्ला कमिटी सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावितका लागि मुआब्जा निर्धारण
-
अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ, डिपोर्टको तयारी
-
प्रचण्डलाई प्रश्न– नेतृत्व कहिले छोड्नु हुन्छ ?
-
आईपीएलबाट बाहिरिए पन्जाबका तीव्र गतिका बलर लोकी फर्गुसन
-
प्रकाश सपुतको समीक्षा : २०८१ आफ्ना विरुद्ध शक्तिशाली भयो
-
अधिकांश तरकारीको मूल्य घट्यो, कुन कति घट्यो ?