शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिक हस्पिटलले अत्याधुनिक सुविधासम्पन्न नयाँ भवन बनाउँदै, भूमिपूजन गरी शिलान्यास

शुक्रबार, ०८ कात्तिक २०७६, १७ : ३६
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो अत्याधुनिक सुविधासम्पन्न थप नयाँ हस्पिटल भवन निर्माणार्थ “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरेको छ । 

नयाँ भवनको निर्माण पश्चात् नर्भिक २०० शथ्यायुक्त यस क्षेत्रकै अत्याधुनिक सुविधासम्पन्न र पूर्वाधारयुक्त हस्पिटलका रुपमा परिणत हुनेछ । 

हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुनेछ ।

नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा आज अपरान्ह हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरेका छन् ।

नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१ वर्गफिट हुने र भूमि÷जग्गा वाहेक परियोजनाको जम्मा लागत करिव दुई अर्व हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन बर्षभित्र सम्पन्न भइसक्नेछ । 

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम् भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु  सिङ्गापुरको एक ख्यातिप्राप्त कम्पनीले गर्नेछ । 

स्मरणीय छ, वि.सं. २०५० काठमाडौंमा स्थापित नर्भिक इन्टरनेशनल हस्पिटल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै क्षेत्रमा ख्यातिप्राप्त एक उत्कृष्ट वहुआयामिक एवम् सुविधासम्पन्न हस्पिटल रहँदै आएको छ । नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात् स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेसिनुपर्ने नेपालीहरुको वाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पु¥याउँदै आएको छ ।

नेपाली चिकित्सा फाँटका धेरै विधामा अग्रणी हुँदै इतिहास रच्न÷कोशेढुङ्गा स्थापित गर्न सफल यस हस्पिटलको मुख्य उद्देश्यमा राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिहरुको संयोजन गर्दै विश्वस्तरिय स्वास्थ्य सेवा प्रदायक संस्था बन्नु रहेको छ । 

नेपाली स्वास्थ्य सेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई आत्म–निर्भर र अग्रगामी बनाउन तथा राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार यसलाई समय सापेक्ष, आधुनिकीकरण गर्दै, साधन–सम्पन्न तुल्याउँदै देशका सातै प्रदेशका मुख्य स्थानहरुमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप