शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘द भ्वाइस अफ नेपाल’को नकआउट राउण्डमा टप १२ छानिने

शुक्रबार, ०८ कात्तिक २०७६, १७ : १३
शुक्रबार, ०८ कात्तिक २०७६

काठमाडौं– हिमालय टेलिभिजनबाट प्रसारणमा भइरहेको गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा नकआउट राउण्ड सुरु भएको छ ।  ब्लाइण्ड अडिसनबाट छानिएका ६४ प्रतियोगिले ब्याटल राउण्डमा भिडेका थिए । भिडन्तमा सफल हुने ३६ जना प्रतिभाले अब नकआउट राउण्डको प्रतिस्पर्धामा भिड्नेछन् । 

ब्याटल राउण्डमा हरेक कोचले ८ जना प्रतिस्पस्र्धीलाई छनौट गरेका छन् । भने, एकएक जना प्रतिभालाई अर्को टिमबाट स्टील गरेर आफ्नो टिममा समेटेका छन् ।  अब चारैजना कोचको टिममा ९÷९ जना प्रतिभाहरु छन् । उनीहरुले नकआउट राउण्डमा कडा प्रतिस्पर्धाको सामना गरी लाइभ राउण्डमा प्रवेश गर्नेछन् । 

नक आउटबाट हरेक कोचको टिममा ३÷३ जना प्रतिभाहरु लाइभ राउण्डमा पुग्नेछन् । नकआउट राउण्डको पहिलो एपिसोड आज शुक्रबार साँझ ८ बजे प्रसारण हुने छ ।  हालसम्म कोचको निर्णयका आधारमा अगाडी बढेको प्रतिभाहरुलाई लाइभ राउण्डसँगै जनमतको पनि साथ रहनेछ । 

लाइभ राउण्डका हरेक प्रस्तुतिमा दर्शकले एसएमएस र अनलाइन भोटिङमार्फत् आफुले मन परेको प्रतिभालाई मत दिन सक्नेछन् । दर्शकको भोट र कोचको रायका आधारमा उत्कृष्ट चारजना प्रतिभा ग्राण्ड फिनालेका लागि पुग्नेछन् । 

मनपर्ने प्रतिभालाई भोट गर्न देश तथा बिदेशमा रहेका दर्शकहरुले प्रभु पे को एप डाउनलोड गरी भोट दिन सक्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप