म ओरिजिनल माओवादी होइन : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु ओरिजिनल माओवादी नभएको बताएका छन् । शुक्रबार विराटनगरमा तिहार, छठ र नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफुले २०२८ सालमा पुष्पलाल समूहबाट सदस्यता लिएको र २०३३ सालमा मात्रै चौथो महाधिवेशन (जसलाई चौम पनि भनिन्छ) मा गएको बताए । मदन भण्डारी (जो पुष्पलाल समूहबाट कोअर्डिनेशन केन्द्रमा गएका थिए) सँग तुलना गर्दै प्रचण्डले कार्यक्रममा भने, ‘म पनि चौथो महाधिवेशनको मदन भण्डारी नै हो ।’ उनले आफू ओरिजिनल चौम ,मसाल र माओवादी नभएको बताए ।
उनले झापा विद्रोह कोअर्डिनेशन केन्द्रको लिगेसी बोकेकाहरूबाट भएको र पुष्पलाल समूहबाट आएका मदन भण्डारीले पार्टीको नेतृत्व गरेको पनि स्मरण गरे । ‘त्यतिबेलाको मालेले मदन भण्डारीको क्षमता, गतिशीलता, सिर्जनशीतलाई आत्मसात गर्यो, मालेका ओरिजिनल भनिएकाहरूको हालत के छ तपाईं हामी सबैलाई थाहा छ’ उनले भने,‘तपाईंहरूलाई ओरिजिनल मसाल, माओवादी नै लाग्ला, म पनि ओरिजिनल माओवादीचाहिँ होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ
-
इस्टरमा युद्धविराम गर्न रुसलाई ट्रम्पले दिएका थिए दबाब ?
-
तीनकुने घटनामा संलग्न थप १ जना पक्राउ
-
रिहा भएपछि धवल शमशेरले के भने ?
-
थियटरपछि फिल्ममा समापिका
-
शिक्षकहरुलाई प्रधानमन्त्रीले भने - देशको ढुकुटीले धान्न सक्ने र सम्भव मागलाई सम्बोधन गर्छौँ, विद्यालय फर्कनुस्