बोल्ड सुमी
सुमी मोक्तान ‘सरौतो’ बाट अभिनेत्रीको रुपमा डेब्यु गर्दैछिन् । फिल्म कार्तिक २९ गतेबाट प्रदर्शनमा आउँदैछ । तर, फिल्म प्रदर्शनमा नआउदै उनी भने चर्चामा छिन् । फिल्मको प्रचार प्रसारका लागि ल्याइएको ट्रेलरका कारण उनी चर्चामा रहन सफल भएकी हुन् । ट्रेलरमा समेटिएको उनको एक्सन पाटोको धेरैले प्रसंशा गरेका छन् ।
केही म्युजिक भिडियोका अलवा फिल्म ‘झ्यानाकुटी’ र ‘दुई रुपैयाँ’मा सानोतिनो भूमिका निर्वाह गरेकी सुमीलाई कलाक्षेत्रमा परिचित गराउने काम ‘जानी नजानी’ फिल्मको ‘एउटीलाई मुटुमा घर’ बोलको गीतले गरायो ।
‘सरौतो’बाट भने उनले अभिनेत्रीको रुपमा स्थापित हुने आश गरेकी छन् । ‘सरौतो’ महिला केन्द्रीत बिषयमा बनेको फिल्म हो । यसमा आफुले नेपाली फिल्ममा नभएको भरपुर एक्सन एक्सन गरेको उनले बताइन् । यी अभिनेत्री सुमी मोक्तानलाई यस्तो छ रातोपाटीको दश प्रश्न ।
अभिनयमा रुचि कसरी पलायो ?
सन् २०१२ को ‘मिस तामाङ’ पनि हुँ म । २०१३ मा ‘मिस नेपाल’को उत्कृष्ट पाँच भित्र पुगेको थिए । मेरो कलाक्षेत्रको सुरुवात यहीबाट भयो । यो समय मलाई धेरै म्युजिक भिडियो र फिल्महरुको अफर आउथ्यो । तर म देश बाँहिर अध्यायन गर्ने भएकोले अभिनय सम्भावन थिएन । अर्काे कुरो म सानो पनि थिए । जब अध्यायन सकेर नेपाल फर्किए । अभिनयको फेरि अफरहरु आउन थाल्यो । अनि अभिनयमा होमिए ।
बिदेशमा कलाकारिताको अवसर थिएन ?
– थियो । किन नहुनु । तर बिदेशमा अध्यायन गर्दाको समय मेरो कलाक्षेत्र प्रति रुचि पलाएको थिएन ।
अभिनयका लागि यो उपयुक्त समय कसरी भयो ?
जतिबेला मैले सौन्दर्य प्रतियोगितामा भाग लिएको थिए । त्यो समय म सानी थिए । अध्यायन पनि गर्नु थियो । तर अहिले अध्यायन सकाएर फर्किएको छु । अलि परिपक्व पनि भएको छु ।
‘सरौतो’ अभिनय अफर कसरी मिल्यो ?
‘झ्यानाकुटी’ फिल्ममा मेरो सानो भूमिका थियो । उक्त फिल्ममा अभिनय गर्ने सिलसिलामा निर्देशक हरि हुमागाई दाईसँग चिनजान भयो । सोही फिल्ममा काम गर्दा उहाँले तिमीलाई चलनचल्तीको भूमिकाभन्दा भन्दापनि एक्सन चलचित्र सुहाउँछ भन्नु भएको थियो । केही समयपछि उहाँले ‘सरौतो’को कथा सुनाउनु भयो । मलाई पनि कथा मनपर्यो, अभिनयका लागि राजी भए ।
एक्सन प्रधान चलचित्रमा दर्शकले रुचाउलान् त ?
फिल्ममा मेरो भूमिका राम्रो छ । फिल्म पनि राम्रो बनेको छ । दर्शकले रुचाउँछन् भन्ने आशा गरेका छौँ । अर्काे कुरो पहिलो फिल्ममै मैले एक्सन गरेकी छु । दर्शकले कसरी लिने हुन् भन्ने केही डर भने पक्कै छ । यो महिला केन्द्रीत एक्सन फिल्म भएकोले पनि दर्शकका लागि नौलो स्वाद हुनेछ ।
एक्सन गर्न कति गाह्रो रहेछ ?
फिल्मकै लागि भनेर करीब डेढ वर्ष मार्सलआर्ट सिकेको थिएँ । त्यसैले गाह्रो भएन । मार्सलआर्ट सिक्दा भने निकै गाह्रो भएको थियो ।
तपाईंलाई मनपर्ने पहिरन ?
जुनै पहिरन पनि मलाई सहज लाग्छ । बिकनीदेखि कुर्तासम्म पनि मलाई सुहाउँछ । स्कर्टमा धेरै राम्री देखिन्छु ।
तपाईं आफूलाई कसरी व्याख्या गर्नुहुन्छ ?
एकदमै सरल तर सृजनशील छु । नयाँ–नयाँ काम गर्न रुचाउँछु । म निडर पनि छु । मलाई कसैले नगरेको काम गर्न मन लाग्छ ।
फुर्सदको समय के गर्नुहुन्छ ?
– बाबा, आमालाई अफिसको काम सघाउँछु । घुम्न निस्किन्छु । फिल्म हेर्छु ।
अभिनय गर्न मन लागेको भूमिका ?
हलिउडमा बनेको जस्तो प्रयोगवादी, आर्ट फिल्म अभिनय गर्न मन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आज दिनभरको मौसम ?
-
४० जना मारिएपछि पाकिस्तानको खैबर पख्तूनख्वामा शिया र सुन्नीबिच युद्धविराम
-
चुनावको प्रचारमा तोकिएभन्दा बढी सवारी प्रयोग नगर्न आयोगको पुनःआग्रह
-
उपनिर्वाचन हुने स्थानीय तहमा सार्वजनिक बिदा दिन निर्वाचन आयोगको निर्देशन
-
यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारको मूल्य घट्यो, कसको कति ?