मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

आलमलाई तेस्रोपटक ८ दिनका लागि म्याद थप

शुक्रबार, ०८ कात्तिक २०७६, ११ : ४३
शुक्रबार, ०८ कात्तिक २०७६

रौतहट बमकाण्डका आरोपी नेपाली काँग्रेसका निलम्बित सांसद अफ्ताव आलमलाई जिल्ला अदालत रौतहटले तेस्रो पटक ८ दिनको म्याद थप गतेको छ ।

न्यायाधीश केशवराज पाण्डेको इजलासले आजदेखि लागु हुने गरी ८ दिनको म्याद थप गरेको स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिए ।

आलमलाई अदालत ल्याउँदा सुरक्षा व्यवस्था कडा पारिएको थियोे ।

प्रहरी नियन्त्रणमा रहेका आलमले बयान दिन नमानेपछि गत कार्तिक ३ गते ५ दिनको म्याद थप गरिएको थियो ।

पहिलो संविधानसभा निर्वाचन २०६४ को पूर्वसन्ध्यामा आलमले बनाउन लगाएको बम पडकिँदा घाइते भएका दर्जन बढी मानिसलाई जिउँदै इँटाभट्टामा जलाएर मारेको आरोप लागेको छ । प्रहरी हिरासतमा रहेका आलमलाई सर्वोच्च अदालतको आदेशमा रौतहट प्रहरीले असोज २७ गते ईदरिस गेटबाट पक्राउ गरेको थियो ।

पहिलो संविधानसभा निर्वाचन आउनै लाग्दा २०६४ फागुन २७ गते आलम नेतृत्वको समूहले बनाउन लागेको बम विष्फोट हुँदा केही व्यक्तिको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । घाइतेहरुलाई आलमको आदेशमा सिरिन्ज लगाई जिउँदै भट्टामा जलाएर मारेको पीडितहरुको आरोप छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप