मन्त्रीको आक्रोशः तलब खुवाउन बैठक डाक्नुपर्ने ?
दाङको बेल्झन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ७२औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् ।
उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने भन्दै विश्वविद्यालयले आफूसँग पर्याप्त समन्वय नगरेको भन्दै आक्रोश पोखेका हुन् ।केही समयअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा ढिलाइ किन भइरहेको छ ? भनी प्रश्न गरेका थिए ।
जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालयसभा बैठकका लागि उपकुलपतिले सम्पर्क गर्नुपर्ने बताउँदै विश्वविद्यालयबाट सभाका लागि भन्दा पनि बजेटसँग सम्बन्धित कामबारे मात्र पत्र प्राप्त भएको बताएका थिए ।
बैठकको अध्यक्षता गरेका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले पदाधिकारी विश्वविद्यालयप्रति जिम्मेवार नभएको बताए । उनले भने, तलब खुवाउन मैले बैठक डाक्नुपर्ने, पदाधिकारीले कमसेकम बैठक बोलाऔं त भन्नुपर्ने हो नि ? उनले विश्वविद्यालय विस्तारै खस्कँदै गएपछि सम्पर्क कार्यालय हटाएको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
-
कराँते खेलाडी मोहम्मद शेखु अमेरिकामा नगदसहित सम्मानित
-
आफ्नो बिदाइ खेलमा मेस्सी र रोनाल्डोसँगै यी स्टार खेलाडीलाई खेलाउन चाहन्छन् कार्लोस टेभेज
-
अटो व्यवसायीको नयाँ संगठन ‘नाइमा’ को औपचारिक घोषणा