शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कश्मीरमा ड्राइभरमाथि चरमपन्थी हमला, दुईको मृत्यु

शुक्रबार, ०८ कात्तिक २०७६, ०७ : २९
शुक्रबार, ०८ कात्तिक २०७६

भारत प्रशासित कश्मीरको शोपियाँमा भएको एक संदिग्ध चरमपन्थी हमलामा दुई ट्रक ड्राइभरको मृत्यु भएको छ ।

श्रीनगरमा भएको बीबीसी संवाददाता रियाज मसरुरका अनुसार यी ट्रक ड्राइभर स्याउ लोड गर्न आएका  थिए ।

पछिल्लो दुई हप्तामा यस्तो प्रकारको यो तेस्रो हमला हो । अहिलेसम्म कुनै चरमपन्थी समूहले यो हमलाको जिम्मेवारी लिएको छैन ।

पुलिसका अनुसार राजस्थान, पंजाब र हरियाणाबाट आएका तीन ट्रकमाथि शोपियां जिल्लाको चित्रा गाउँमा स्याउ भरिरहेका थिए ।

यतिबेला संदिग्ध चरमपन्थीले गोलीबारी गरे ।

पुलिसका अनुसार मारिएका दुई ड्राइभरमध्ये एकको पहिचान राजस्थानको अलवरमा बस्ने इलियास खानको रुपमा भएको हो जबकी दोस्रो मृतक ड्राइभरसँग कुनै परिचय पत्र भेटिएको छैन ।

पंजाबको होशियारपुरमा बस्ने जीवन सिंह नामका एक अर्का ड्राइभर उक्त हमलामा घाइते भएका छन् । जीवन सिंहलाई अस्पतालमा भर्ना गरिएको छ ।

शोपियांमै बस्ने शीरमाल इलाकामा अक्टोबरमै पहिलो हमला भएको थियो । यो हमलामा राजस्थानको अलवरमै बस्ने शरिफ खान नामका ड्राइभरको मृत्यु भएको थियो ।

पछिल्लो दुई हप्ताभित्र पंजाबबाट आएका दुई स्याउ व्यापारीमाथि पनि हमला भएको थियो । यसमा चरणजीत सिंह नामका व्यापारीको मृत्यु भएका थियो जबकी संजीव कुमार नामका व्यापारी घाइते भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप