लण्डनमा ट्रकभित्र मृत भेटिएका ३९ जना सबै चिनियाँ नागरिक
लण्डन- बेलायतमा एउटा ट्रकभित्र भेटिएका सबै शव चिनियाँ नागरिकको भएको बताइएको छ । बेलायती सञ्चार मध्यमहरुले स्रोतले उद्धृत गर्दै सम्प्रेषण गरेको समाचार अनुसार उनीहरु सबै चिनियाँ नागरिक भएको पुष्टी भएको हो ।
पीडितहरु ट्रकको पछाडिको भाग कन्टेनरमा पूर्वी लण्डनको ग्रेज भन्ने स्थानमा मृत अवस्थामा बुधबार भेटिएका हुन् । उनीहरु बेल्जियमबाट डुङ्गामा यहाँ आएको बताइएको छ । आप्रवासन कार्यालयमा कार्यरत प्रहरीले उनीहरुको पहिचान गर्नु नै आफूहरुको प्रारम्भिक काम भएको बताएका छन् ।
मृतकमध्ये ३८ जना बयस्क र एक जना किशोर रहेको अधिकारीहरुले जानकारी दिएका छन् । शवहरु रहेको ट्रक बुधबार नै अति गोप्य तथा सुरक्षित ठाउँमा राखिएको अधिकारीहरुको भनाई छ । घटनाका बारेमा प्रहरी र चिनियाँ दूतावासले केही प्रतिक्रिया दिएका छैनन् ।
यसअघि सन् २००० मा पनि ५८ चिनियाँको शव डेनमार्कको ट्रकमा भेटिएको थियो । त्यतिबेलाको ट्रक दक्षिणपूर्वी बेलायती बन्दरगाहमा भेटिएको थियो । त्यहाँ भने दुई जना जीवितै थिए । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता