शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सी २१औं शताब्दीकै नम्बर १

बिहीबार, ०७ कात्तिक २०७६, २१ : ३४
बिहीबार, ०७ कात्तिक २०७६

एजेन्सी – अर्जेन्टिना एवं स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी २१औं शताब्दीकै नम्बर १ खेलाडीको सुचीमा गनिएका छन् । बेलायती चर्चित पत्रिका इनडिपेन्डेन्सले अध्ययन सहित सार्वजनिक गरेको शताब्दीकै शीर्ष १० को सुचीमा मेस्सी पहिलो नम्बरमा आएका हुन् । उक्त पत्रिकाले खेलाडीको प्रदर्शन, उनीहरुले हात पारेको उपलब्धि, खेलेको समय, सर्मथकको साथ लगायत विषयलाई आधार मानेर सुची तयार पारेको हो ।

मेस्सीले पोर्चुगल एवं युभेन्ट्सका सुपर स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।  रोनाल्डो दोस्रो स्थानमा छन् । यसैगरी तेस्रो स्थानमा जाभी हर्नान्डेज, चौथोमा रोनाल्डिन्हो, पाँचौंमा आन्द्रे इनिस्टा, छैटौंमा रोनाल्डो नाजारियो, सातौंमा थिएरी हेनरी, आठौंमा जिनेदिन जिदान, नवौंमा काका र १०औं स्थानमा फावियो कान्नाभारो रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप