केन्द्रीय संस्करण

शैक्षिक मुद्दा गायव गर्न उमेरको फर्जि बहस

person explore access_timeकात्तिक ७, २०७६ chat_bubble_outline0

काठमाडौं – यतिबेला प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)मा उमेरको विषयले निकै चर्चा भइरहेको छ । पार्टीको केन्द्रीय कार्यसमितिदेखि नेविसंघ वृतमा समेत उमेरको विषय बहस र छलफलको एजेण्डा भन्ने गरेको छ । ८ महिनादेखि नेतृत्वहीन अवस्थमा गुज्रिएको नेविसंघमा नयाँ नेतृत्व ल्याउने तयारी भएसँगै यो विषय बहससँग विवादका रुपमा देखिएको छ । विद्यार्थी संगठनको औचित्यमाथि प्रश्न उठिरहेका बेला आफ्नो औचित्य पुस्टी गर्ने बेला विदार्थी संगठन उमेरको पर्जि बहसमा रुमलिएको देखिन्छ । 

विद्यार्थी संगठनको इतिहासको कुरा गर्दा हाम्रोमा विद्यार्थी संगठनहरुको  सन्दर्भ एतिहासिक रुपमा फरक छ ,फरक यो मानेमा कि शैक्षिक क्रियाकलाप देखाइ मुलतः पञ्चायत ढाल्न र प्रजातन्त्र पुनस्र्थापित गर्ने तात्कालीन उद्देश्य रहयो र यसले  इतिहासिक रुपमा सफलता पनि प्राप्त गर्यो । यही पुष्ठभूमिकै कारण  गणतन्त्र स्थापनाको विगुल पनि सबै भन्दा पहिले विद्यार्थी संगठनले नै फुके ।

तर आज हाम्रो छलफलको विषय इतिहास होइन, वर्तमान र वर्तमानमा गरिने क्रियाकलाप, यसले भविष्यमा पर्ने असरको आकलनको विषयमा बहस हुन जरुरीस् छ ।  नैजुन महत्वपूर्ण पनि छ । लामो अस्थिरतापछि मुलुकले दुई तिहाइ सहितको सरकार पाएको दुई वर्ष हुँदैछ ।

जसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ले गरिरहेको छ । शक्तिशाली नेकपा सरकारसामू काँग्रेस निकै सानो छ । र, काँग्रेस चिच्याइरहेको छ – सरकार अधिनायकवादी भयो भनेर ।  नेकपा विचारले मात्र होइन चारित्रीक हिसाबले पनि उ अधिनायक वादी नै हो । 

तसर्थ लोकतन्त्रको रक्षार्थ सामाजि र शैक्षिक आन्दोलनका निमित्त महत्वपूर्ण संगठनका रुपमा रहेको नेविसंघबारे माउ पार्टी काँग्रेस गम्भीर हुन जरुरी छ ।

 शैक्षिक बेथिति कै कुरा गर्दा केही दिनअघिको ज्वालन्त उदाहरण हो चितवन मेडिकल कजेजमा भएको आन्दोलन । त्यहाँ भएको आन्दोलनमा विद्यार्थीका जायज माग मात्र होइन, सरकारले नै तोकेको मापदण्डमा  लागु गर भन्दै विधार्थीले जुन हैरानी ब्यहोर्नु पर्यो त्यो भनि साध्य छैन ।

 त्यहाँका विद्याथीमाथि प्रहरी प्रशासनबाट भएको दमनको जति निन्दा गरे पनि कम हुन्छ । तर त्यसमा विद्यार्थी संगठन मौन बसिदिए । जसले हाम्रो समाज नै शसंकित भएको छ  । संगठनप्रतिको आड भरोसा विद्यार्थीको मनबाट निरन्तर टुट्दै गएको छ । यो त प्रतिनिधि घटना मात्र हो ।

 आजको दिनमा शिक्षा र स्वास्थ्यमा सर्वशुलभ पहुँचका लागि राज्यको प्रमुख दायित्वका रुपमा स्थापित गर्न आजका राजनीतिक दलहरुबाट सम्भव छ कि छैन रु किनकि देशमा नेता, कर्मचारी, व्यापारी  त्यसमा पनि सबै खाले पुँजिपतिहरु को  मुख्य व्यवसाय नै शिक्षा र स्वास्थ्य नै हो। 

सबै दल र दलको नेतृत्व, संसद, संसदीय समितिहरु यिनै पुजिपतिहरु को पर्खालले घेरिएको छ छन्  त्यसलै यो लडाई कठिन छ, तर अनिवार्य पनि।  बिद्यार्थी संगठन यसको लागि तयार हुनु पर्छ र गुम्दै गरेको साख जोगाउने महत्त्वपूर्ण अबसर ठान्नुपर्छ । आज हाम्रो विश्व विद्यालयमा मानविकी संकायमा विद्यार्थी नै छैन । इतिहास, साहित्य, कलालगायतका विभाग पूर्णरुपमा खाली छन् । 

यसको परिमाण कालन्तरमा हाम्रो समाजमा मानवीय पक्ष र मानवताको बहस नै संकट पर्ने खतरा देखिन्छ । अर्कोतर्फ अवैध रुपमा विदेशी  बिश्वबिधालयका  नाममा कलेज संचालन भइरहेको छ। त्यहाँ पठाइहुने पाठ्यक्रमबाट हाम्रा विद्यार्थीले बनाउने दृस्ठिकोण, हाम्रो भाषा, संस्कृति र सभ्यतामा परेको असर, यस्ता कलेजले हाम्रा विद्यार्थीबाट उठाएर अरबौँ पुजि विदेश पठाउँदा हाम्रो राष्ट्रिय पुँजिमा हुने क्षतितिर हाम्रो बहस र मन्थन खै?
 पार्टी नेतृत्वले कुनै पात्रलाई रोक्न र कुनै पात्रलाई कथित नेता बनाउने नाममा उमेरको फर्जि बहस भित्र्याएर सिंगो संगठनलाई दिशा हिन बनाइँदै छ ।

उमेरको जोडघटाउमा व्यक्तिको भविष्य निर्धारण गराउनु, शैक्षिक र समाजिक एजेण्डा गायव गराउने प्रपञ्च रच्नु दुर्भाग्यपूर्ण छ । त्यसैले बिद्यार्थी संगठनलाई नेता विशेषको होइन, विद्यार्थीको सम्पति बनाउन लागौँ ।नियमित अधिबेशन नै संगठन को प्राण हो।

( हरि आचार्य  नेविसंघका त्रिभुवन विश्वविद्यालयका सभापति हुन्)

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...