शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

२ केजी १ सय ७५ ग्राम लागुऔषध चरेससहित एक पुरुष प्रहरी फन्दामा

बिहीबार, ०७ कात्तिक २०७६, १९ : २९
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौ– महानगरीय प्रहरी बृत्त कीर्तिपुरले लागु औषध चरेससहित एक जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले विषेश सूचनाको आधारमा कीर्तिपुरबाट चरेससहित एकजानाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी बृत्त कीर्तिपुरका डिएसपी छेदीलाला कामतीका अनुसार पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका १२ बस्ने जिल्ला मकवानपुर थाहानगरपालिका १२ टिस्टुङ्ग पालुङ्गका  ३४ वर्षीय राजु तामाङ रहेका छन् ।

तामाङको साथवाट २ केजी १ सय ७५ ग्राम लागुऔषध चरेससहित पक्राउ गरिएको डिएसपी कामतीले जानकारी दिए  ।

उनलाई पक्राउ गरि थप अनुसन्धान सुरू गरिएको कीर्तिपुर प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप