शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

फिफा बरियतामा नेपाल ६ स्थान खस्कियो

बिहीबार, ०७ कात्तिक २०७६, १८ : ४७
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– विश्व फुटबल महासंघ (फिफा) को नयाँ वरियतामा नेपाल ६ स्थान खस्किएको छ । फिफाले बिहिबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल ६ स्थान तल झर्दै एक सय ६७ औं स्थानमा पुगेको हो । अघिल्लो महिना नेपाल एक सय ६१ औं स्थानमा थियो । नेपालले समग्रमा नौ सय ८८ अंक पाएको छ ।

सन् २०२२ मा कतारमा आयोजना हुने एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलमा कमजोर प्रदर्शन गरेका कारण नेपाल बरियतामा खस्किएको हो । हालै नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँगको खेलमा ३–० गोलले पराजित भएको थियो । त्यसैको असर बरियतामा देखिएको छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । 

यसैगरी दक्षिण एसियामा शीर्ष स्थानमा रहेको भारत पनि दुई स्थान खस्किएको छ । भारत समग्रमा एक सय ६ स्थानमा छ । एक स्थान खस्किएको माल्दिभ्स एक सय ५४औं स्थानमा छ । बरियतामा तीन स्थान सुधार गरेको बंगलादेश एक सय ८४औं स्थानमा छ ।

चार स्थान खस्किएको भुटान एक सय ८९ औं, दुई स्थान सुधार गरेको पाकिस्तान दुई सय एक र एक स्थान खस्किएको श्रीलंका दुईसय तीन स्थानमा छ । विश्व वरियतामा शीर्ष चारमा कुनै फेरवदल भएको छैन । वरियतामा बेल्जियम पहिलो, फ्रान्स दोस्रो, ब्राजिल तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप