देउवालाई २ घण्टा कुराए पौडेलले, केन्द्रीय समिति बैठक १४ गते सम्मका लागि स्थगित
बिहीबार, ०७ कात्तिक २०७६, १७ : ४८

काठमाडौं– आज बोलाइएको नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक कार्तिक १४ गतेसम्म्का लागि स्थगित भएको छ । पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष बैठकमा उपस्थित नभएपछि बैठक स्थगित भएको हो ।
पौडेल पक्ष बैठकमा आउन ढिलाई गरेपछि पार्टी सभापति शेरबहादुर देउवा लगायतका नेताहरुले २ घण्टादेखि उनीहरुलाई पर्खेका थिए । नेता पौडेल पक्षका नेताहरु कोठे बैठकमै व्यस्त भएकोले केन्द्रीय समिति बैठक प्रभावित भएको बताइएको छ ।
पार्टी विधान अनुसार विभाग बनाउनुपर्ने पौडेल पक्षको अडानका कारण बैठक प्रभावित भएको केन्द्रीय सदस्य प्रदिप पौडेलले जानकारी दिए । देउवा पक्षले सुशील कोइराला नेतृत्वको कार्यसमितिले बनाएका २८ वटा विभाग बनाउने तयारी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा
-
नारायणघाट-बुटवल सडकमा साना पुल निर्माण सम्पन्न
-
एस्टन भिल्लालाई हराउँदै पीएसजी च्याम्पियन्स लिगको सेमीफाइनलमा प्रवेश
-
जर्मनीमा हार व्यहोरेर पनि बार्सिलोना च्याम्पियन्स लिगको सेमीफाइनलमा
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
सुनसरी गोली प्रहार घटनामा संलग्न तीन जना पक्राउ