शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

बुटबल महिन्द्रा इलेक्ट्रिक भेइकल्ससँगै हरित बन्दै

बिहीबार, ०७ कात्तिक २०७६, १७ : १६
बिहीबार, ०७ कात्तिक २०७६

बुटवल– अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा यही कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेइकल्स (इभी)को नयाँ शोरुम खोलेको छ । 

यो काठमाडौं उपत्यकाबाहिर महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को पहिलो शोरुम हो । हालसम्म उपभोक्ताहरूले महिन्द्रा इलेक्ट्रिक भेहिकल्सहरू काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रहरूबाट मात्र पहुँच पाउँदै आएका थिए ।

शोरुमको प्रदेश ५ का सविधान शभा सदस्य माननीय सीतादेवी बाउडेल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे ।

बुटबल र यसका वरिपरिका ग्राहकहरूलाई कम्पनी र यसका गुणस्तरीय सेवाहरूको सहज पहुँच उपलब्ध गराइ यसलाई बढी सुविधाजनक र किफायती बनाउँदै लाभ प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम स्थापना गरिएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 

अग्नि इनर्जीको बुटबलका लागि बिक्रेता ग्रिन ड्राइभ ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार खाती क्षेत्रीका अनुसार शोरुमले महिन्द्राका विद्युतीय कारहरू महिन्द्रा इटूओ, महिन्द्रा इभेरिेटो आदिका सर्भिसिङ र स्पेयरपार्टस्हरू पनि उपलब्ध गराउने छ ।

उनले जीवश्म इन्धन (फोसिल फ्युल)बाट सञ्चालित सवारी साधनका तुलनामा विद्युतीय सवारीसाधन किफायती हुने भएकोले थुप्रै उपभोक्ताहरू यसतर्फ आकर्षित हुँदै गएको उल्लेख गर्दै यस शोरुमले यहाँका ग्राहकहरूलाई आफ्नै स्थानमा यस्ता सवारीसाधन उपलब्ध गराइ उहाँहरूका अपेक्षा पूरा गर्न सहजीकरण गर्ने बताए । 

बुटबलको भौगोलिक बनावट र सहरीकरणको अवस्थितिले गर्दा महिन्द्रा इलेक्ट्रिक भेइकलहरू यहाँका बासिन्दाका लागि एकदम उपयुक्त छन् ।

“विद्युतीय सवारीसाधनहरू मानिस र वातावरणका लागि निकै लाभदायक हुने र सरकार आफैले विद्युतीय सवारी साधनहरूको प्रयोगका बारेमा अधिक चासो राखेको अवस्था छ, जसका लागि सरकारले मुलुकका विभिन्न भागमा विद्युतीय सवारी साधनका चार्जिङ स्टेशनहरू स्थापनाका लागि कम्मर कसेर लागेको छ,’ अग्नि इनर्जीका वरिष्ठ कार्यकारी व्यवस्थापक प्रमोद भण्डारीले भने, “ विद्युतीय सवारीसाधनका लागि कम मर्मतसम्भारको आवश्यकता पर्छ र यो पेट्रोल तथा डिजल सवारीसाधनका तुलनामा सस्तो पनि छ ।”

“आज मानिसहरूले आफ्नै सवारीसाधनका आर्थिक लाभका बारेमा धेरै ज्ञान पाइसकेका छन्, महिन्द्राका विद्युतीय सवारीसाधनहरूको लागत प्रतिकिमी १ मात्र छ, जसबारे सामान्य मानिसहरूलाई जानकारी छैन,” उनले थपे ।
कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरू ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने विश्वास लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप