शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गृहप्रवक्ता सुवेदी सचिवमा बढुवा, यस्ता छन् मन्त्रिपरिषद्का १७ निर्णय

बिहीबार, ०७ कात्तिक २०७६, १६ : ५२
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं– सरकारले सहसचिव रामकृष्ण सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

गत कात्तिक ५ गते बसेको बैठकले सुवेदीलाई सचिव पदमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले बिहीबार जानकारी दिए । सुवेदी हाल गृहमन्त्रालयको प्रवक्ताका रुपमा कार्यरत छन् । 

बैठकले करका दरहरु पुनरावलोकन गर्न स्वीकृति दिने निर्णय गर्नुका साथै काठमाडौं उपत्यकाभित्रको तारहरु व्यवस्थित गर्न दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

यसैगरी कात्तिक १३ गते किजा पूजाको दिन सार्वजनिक बिदा दिने, नेपाली सेनाका लेखा उपरथी भुवन बहादुर अधिकारी क्षेत्री र महासेनानी आशिष प्रसाद उपाध्यायको राजीनामा स्वीकृतलगायतका १७ वटा निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप