कार्तिक १३ गते सार्वजनिक विदा दिने सरकारको निर्णय
बिहीबार, ०७ कात्तिक २०७६, १६ : १३
काठमाडौं– सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ ।
नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।
]सोही क्रममा केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्माओलीसँग पनि यो विषयमा छलफल गरेका थिए ।
सो छलफलमा प्रधानमन्त्री ओली १३ गते सार्वजनिक विदा दिन सकारात्मक भएका थिए । त्यसलगत्तै मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो । यद्यपि, पाञ्चांग निर्णायक समितिका अनुसार तिहारको भाइटीका भने कात्तिक १२ गते परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङलाई समृद्धिसँग जोड्दै कालीगण्डकी करिडोर
-
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, देशभरको मौसम कस्तो रहला ?
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा