शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीति बिग्रँदा देश बिग्रन्छ : महेश बस्नेत

बिहीबार, ०७ कात्तिक २०७६, १३ : २३
बिहीबार, ०७ कात्तिक २०७६

भक्तपुर– प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले नेपालको राजनीतिभित्र लुकेर बसेको अपराधीकरणको उजागर गर्ने अभियानको शुरुवात भएको बताएका छन् । आज भक्तपुरको दुवाकोटमा नेकपाले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अभियानको शुरुवात गर्दै देशमा सुशासनको प्रत्याभूति दिएको बताए । 

उनले वर्तमान सरकारले नेपाली समाजलाई अपराधमुक्त, शान्ति र समृद्धि तर्फ अगाडि बढाएको बताउँदै राजनीति विग्रदा देश बिग्रने भएकाले राजनीतिलाई सही बाटोमा ल्याउने काम भइरहेको भनाइ राखे ।

सांसद बस्नेतले आगामी मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ ‘क’ मा हुने प्रदेशसभाको उपनिर्वाचन निष्पक्ष बनाउन आफू लाग्ने बताउँदै नेकपाको सिद्धान्त र स्व हरिशरण लामिछानेको उद्देश्यलाई आत्मासात गर्ने व्यक्तिलाई नेकपाको तर्फबाट उम्मेदवार बनाउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप