शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१९ वर्षीया छात्रालाई जिउँदै जलाउने १६ जनालाई मृत्युदण्ड

बिहीबार, ०७ कात्तिक २०७६, १२ : २८
बिहीबार, ०७ कात्तिक २०७६

बंगलादेशको अदालतले छात्रालाई जिउँदै आगो लगाउने १६ जनालाई मृत्युदण्डको सजाय तोकेको छ ।

१९ वर्षीया नुसरत जाहा रफीले प्रधानाध्यापकले आफूमाथि गरेको यौनहिंसाको उजुरी दिएपछि उनलाई विद्यालयभित्रै आगो लगाइएको थियो । करिब ८० प्रतिशत शरीरमा आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा निधन भएको थियो ।

उनको मृत्युले बंगलादेशका साथै विभिन्न देशमा  तहल्का नै मच्चाएको थियो ।

यस्ता मुद्दा सुल्झिन वर्षौं लाग्ने यो देशमा नुसरतको मुद्दा निकै छिटो सल्टिएको धेरैले बताएका छन्  ।

वकिल हाफेज अहमदले पत्रकारलाई भने, ‘यसले बंगलादेशमा हत्या गर्नेहरु कसैगरी पनि उम्किन सक्दैनन् भन्ने कुरालाई प्रमाणित गरेको छ ।’

Photo: AFP

रफीलाई खास के भएको थियो ?

रफीले प्रधानाध्यापकले बारम्बार गलत तरिकाले छोएको र यौन दुर्व्यवहार गरेको भन्दै प्रहरीमा मुद्दा दर्ता गरेकी थिइन् । उनलाई मुद्दा फिर्ता गर्न दबाब पनि दिइएको थियो तर मुद्दा फिर्ता गर्न नमानेपछि आरोपी प्रधानाध्यावपकले मट्टितेलमा छर्केर आगो लगाउन आदेश दिएको खुल्न आएको प्रहरीले बताएको छ ।

‘रफीलाई उनकै विद्यालयको छतमा लगी प्रहरीमा दायर भएको यौन दुर्व्यवहारसम्बन्धी मुद्दालाई फिर्ता लिन दबाब दिएको तर मुद्दा फिर्ता लिन नमानेपछि मट्टितेलमा चोबेर आगो लगाउन आदेश दिएको हत्या आरोपमा पक्राउ परेका १७ जनामध्ये एक आरोपितले बयान दिएका छन्,’ अनुसन्धानमा संलग्न  वरिष्ठ प्रहरी उपरिक्षक मोहम्मद इकबालले एएफपीलाई बताएका थिए ।

 
रफीले मार्चको अन्त्यतिर आफूमाथि यौन दुर्व्यवहार भएको भनी मुद्दा दर्ता गर्न पुगेको तर प्रहरीको स्थानीय कार्यालयका प्रमुखले घटनालाई सामान्य भन्दै मुद्दा दर्ता गर्न नमानेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि यसले देशव्यापीरूपमा चर्चा पाएको थियो ।

बयानमा पक्राउ परेका आरोपितमध्ये पाँच जनाले रफीलाई एउटा पछ्यौरा ९स्कार्फ०ले बाँधी आगो लगाएको जनाइएको छ । उक्त घटनामा तीन जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ ।

किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भएपनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरिक्षक इकबालले बताए । 

रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन् । 

उनले भिडियोमा भनेकी थिइन्, ‘प्रधानाध्यापकले मलाई गरेको यौन आक्रमणको अन्तिम श्वाससम्म मुकाविला गर्नेछु ।’ उनले घटनामा संग्न अन्य केहीको पनि परिचय दिएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप