बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्राश्नाको तिहारको रमझम

बिहीबार, ०७ कात्तिक २०७६, १२ : १८
बिहीबार, ०७ कात्तिक २०७६

काठमाडौं–नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा तिहार सम्बन्धी गीतहरु सार्वजनिक भइरहेका छन् । तिहारकै सन्दर्भमा चर्चित गायिका प्राश्ना शाक्यले पनि तिहार गीत सार्वजनिक गरेकी छिन् ।

प्राश्नाले तिहारको रमझम... बोलको गीत सार्वजनिक भएको हो । गीतमा नुतन भुषालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत छ ।

गीतको भिडियो भने मदन खड्काले निर्देशन गरेको हुन् । जसमा प्राश्ना, काजल शर्मा र अश्विन भुसाल लगायतको अभिनय देख्न सकिन्छ ।

वीरेन्द्र भट्टले खिचेको भिडियो विष्णु खड्काले सम्पादन गरेका हुन् । सुमधुर स्वरकी धनी प्राश्नाका थुप्रै गीत चर्चित छन् । उनले गाएको मलाइ आवाज देउ... बोलको गीत निकै चर्चित छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप