एउटा यस्तो तस्बिर जसका कारण भिटेन पक्राउ परे
बिहीबार, ०७ कात्तिक २०७६, ११ : ४८
‘हामी यस्तै न हो नि ब्रो’ बाट पछिल्लो पटक निकै चर्चामा आएका र्यापर समिर घिसिङ अर्थात् भिटेन पक्राउ परेका छन् ।
उनको गीत ‘हामी यस्तै त हो नि ब्रो’ मा अश्लील शब्द प्रयोग गरेको र सोसल मिडियामा राखेको तस्बिरमा आधारमा उनलाई बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी शहकुल थापाले जानकारी दिए । उनलाई जाउलाखेलबाट पक्राउ गरिएको हो ।
भिटेनले आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा असोज २९ गते प्रहरीको बर्दी लगाएर चुरोट तानिरहेको र हातले गाँजा केलाइरहेको तस्बिर अपलोड गरेका थिए ।
उनको उक्त तस्बिरलाई २० हजार बढीले लाइक गरेका छन् भने एक हजार बढीले कमेन्ट गरेका छन् । यस्तै, उक्त तस्बिर १२ सय बढी पटक सेयर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण