शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गौरव गर्न लायक छैनन् राष्ट्रिय गौरवका आयोजना, प्रगति निराशाजनक

बिहीबार, ०७ कात्तिक २०७६, ०८ : २६
बिहीबार, ०७ कात्तिक २०७६

सरकराले विशेष प्राथमिकतामा राखेर अगाडि बढाइएका झण्डै दुई दर्जन राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएका छन् । केही आयोजना सम्पन्न हुने क्रममा रहेको बताइए पनि निर्धारित समयभन्दा ढिलो हुने भएका छन् । 

सरकारले पूर्वाधार विकासलाई विशेष प्राथमिकता दिएर ती आयोजनामा कुनै अवरोध सिर्जना नहोस् भन्ने आसयसहित कानुनी संरचना बनाएको थियो । राष्ट्रिय गौरवका आयोजनामा आउन सक्ने आर्थिक अभाव तथा कानुनी अड्चनलाई व्यवस्थापनका लागि नीतिगत निर्णय नै गरेको थियो । तर, पनि ती आयोजनाहरुले अपेक्षित प्रगति गर्न सकेका छैनन् । समयमै काम सकिने अवस्थामा कुनै पनि आयोजना देखिएका छैनन् ।

सरकारले राष्ट्रिय गौरवका आयोजानामा सूचीकृत गरेको अधिकांश आयोजनाहरु कुनै  न कुनै लफडामा परेका छन् । सबैभन्दा प्रगति भएको भनिएका आयोजनाहरु गौरवका आयोजना गौरव गर्न लायक नभएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीले बारम्बार ताकेता गरेको भनिएको गत वर्ष नै सम्पन्न हुनुपर्ने हुलाकी राजमार्ग सकिन पाँच वर्ष लाग्ने देखिएको छ । सुरुआत हुँदा ४७ अर्ब २७ करोड रुपैयाँ  लगातमा निर्माण हुने भनिएको हुलाकी राजमार्गको लागत ६५ अर्ब २० करोड पुग्दा समेत सरकारीस्तरबाट त्यस विषयमा खास गएको देखिएको छैन । 

नेपाल भ्रमण वर्षलाई लक्षित गरी द्रुत गतिमा तयार गरिँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सकिने अझै तीन महिना लाग्ने देखिएको छ । यो आयोजनाको भौतिक पूर्वाधार सम्पन्न गर्नका लागि आवश्यक पर्ने उपकरण ल्याउन ढिलाइ भएको छ । यी त उदाहरण मात्र हुन् । सरकारले गौरवका आयोजनामा सूचीकृत गरेको आयोजनाको अवस्था सन्तोषजनक छैन ।

यी हुन्, राष्ट्रिय गौरवका आयोजनाहरुः

 सिक्टा सिंचाइ आयोजना
बबई सिंचाइ आयोजना
रानीजमरा कुलरीया सिंचाइ आयोजना
भेरी बबई डाइभर्सन आयोजना
माथिल्लो तामाकोशी जलविद्युत् आयोजना
वुढीगण्डकी जलविद्युत् आयोजना
पश्चिम सेती जलविद्युत् आयोजना
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, बारा
पशुपति क्षेत्र विकास कोष
लुम्विनी क्षेत्र विकास कोष
मध्यपहाडी (पुष्पलाल) लोकमार्ग
पूर्व पश्चिम रेलमार्ग
हुलाकी लोकमार्ग
उत्तर दक्षिण (कोशी) लोकमार्ग
उत्तर दक्षिण (कालीगण्डकी कोरिडोर) लोकमार्ग
उत्तर दक्षिण (कर्णाली) लोकमार्ग
काठमाडाँै तराई–मधेस दु्रतमार्ग
मेलम्ची खानेपानी आयोजना
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप