मेस्सीको खेलको तेस्रो मिनेटमै गोल, बार्सिलोना विजयी

कप्तान लियोनल मेस्सीले कीर्तिमान रचेसँगै बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलमा कठिन जित निकालेको छ । बुधबार राति भएको समूह ‘एफ’ को खेलमा बार्सिलोनाले स्लाभिया प्राहलाई २–१ गोलले हरायो ।
बार्सिलोनाको जितमा लियोनल मेस्सीले खेलको तेस्रो मिनेटमै सुरुवाती गोल गरेका थिए । यस गोलसँगै मेस्सी च्याम्पियन्स लिग फुटबलमा लगातार १५औं सिजनसम्म गोल गर्ने पहिलो खेलाडी बनेका छन् । मेस्सीले जारी सिजन चोटका कारण सुरुवाती केही खेल गुमाएका थिए । अहिले चोट मुक्त बनेका मेस्सीले स्लाभियाविरुद्धको गोलपछि फरक टोलीवरुद्ध ३३ गोल गर्ने खेलाडीको कीर्तिमान पनि बराबरी गरेका छन् । मेस्सीले च्याम्पियन्स लिगमा समग्रमा ३३औं फरक टोलीविरुद्ध गोल गरेका हुन् । यसअघि राउल र क्रिस्टियानो रोनाल्डोले ३३ फरक टोलीविरुद्ध गोल गर्दै कीर्तिमान बनाएका थिए ।
प्रतिस्पर्धात्मक खेलमा स्लाभियाले ५०औं मिनेटमा बराबरी गोल फर्काएको थियो । जान बोरिलले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ५७औं मिनेटमा स्भालियाका पिटर ओलायिन्काको प्रहार आत्मघाती गोलमा परिणत भएपछि बार्सिलोनाको भाग्य खुलेको थियो । त्यही आत्मघाती गोलनै बार्सिलोनाको जितमा निर्णायक बन्यो ।
जितसँगै तीन खेलबाट सात अंक बनाएको बार्सिलोना शीर्ष स्थानमा छ । एक अंक बनाएको स्लाभिया अन्तिममा छ । यही समूहको अर्को खेलमा इटालियन क्लब इन्टरले जर्मन क्लब बोरुसिया डटमन्डलाई २–० गोलले पराजित गरेको छ । घरेलु मैदानमा इन्टरलाई जिताउन लौटारो मार्टिनेजले २२औं र एन्टोनियो कान्ड्रेभाले ८९औं मिनेटमा गोल गरे । जितसँगै चार अंक बनाएको इन्टर तेस्रो स्थानमा छ । समान चारनै अंक बनाएको बोरुसिया गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध गुजरातको शानदार जित, बट्लरको विष्फोटक ब्याटिङ्
-
‘मिर्गी’ रोग पीडित बालिकाको उपचारका लागि ६८ लाखभन्दा बढी जुट्यो
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्रीको थाइल्याण्ड भ्रमणदेखि तीनकुने घटनामा प्रहरीले चलाएको गोलीबारे जानकारीसम्म
-
लुम्बिनीमा उपकुलपतिहरुको अन्तरराष्ट्रिय सम्मेलन
-
भारतमा लडाकु विमान दुर्घटना
-
झापामा सवारी दुर्घटना, एक जनाको मृत्यु