ओलीलाई दवाव दिन प्रचण्डले अन्य नेताहरुसँग छलफल बढाए

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरुसँग छलफल र भेटघाट बढाएका छन् ।
पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरुलाई छुट्टाछुट्टै भेटेर आफूहरुबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका छन् ।
‘अब उहाँसँग फेरी अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाई उद्धृत गर्दै एक नेताले भने,‘ओलीले सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनु भएन भने नयाँ ढंगले अगाडि बढ्नुपर्छ ।’
अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त ? स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो ।’ २०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको नेतृत्व आलोपालो गर्ने सहमति गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिमा बिनु सुवेलीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारपाकमा क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ शिविर
-
पुटिनले जस्तै गरी सोच्छन् ट्रम्प ?
-
पुडुचेरीका विधायकहरू अनुभव आदानप्रदानका लागि पोखरामा
-
हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी सेवा विस्तार हुँदै
-
सुदूरपश्चिम प्रदेशमा बिहानैदेखि वर्षा, कस्तो रहला देशभरको मौसम ?
-
क्यानाडा, मेक्सिको र चीनमाथि आयातकर लगाउने ट्रम्पको अडानले अमेरिकी शेयर बजार ‘ध्वस्त’